७ पुष, काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आज नेप्सेमा मध्य भोटेकोशीको ६ करोड कित्ता सूचीकृत भएको हो । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई MBJC सिम्बोल प्रदान गरेको छ ।
नेप्सेले मध्य भोटेकोशीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम ९४ रूपैयाँ ३९ पैसा देखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । संस्थाको उक्त सेयर पुष ११ गते ९आइतबार० देखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
वि.सं.२०७८ पुस ८ बिहीवार १४:२४ मा प्रकाशित




























