back
CTIZAN AD

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

वि.सं.२०७८ पुस ८ बिहीवार

750 

shares

८ पुष, काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।

भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा रु पाँच खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालू आवको मङ्सिर मसान्तसम्म रु आठ खर्ब ३८ अर्ब पुगेको छ । त्यस्तै गत आवको पहिलो पाँच महिनाका तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आवको मङ्सिर मसान्तसम्म रु ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रु एक खर्ब दुई अर्ब बराबरकोे निर्यात भएको छ ।

विभागकाअनुसार चालू आवको पहिलो पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर रु सात खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा रु चार खर्ब ७५ अर्ब थियो ।

मुलुकको कूल वैदेशिक व्यापारमा गत आवको पहिलो पाँच महिनासम्म आयातको हिस्सा ९१ दशमलव तीन प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालू आवमा ८९ दशमलव ०७ प्रतिशतमा आएको छ ।

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आवको पहिलो पाँच महिनामा आठ दशमलव सात प्रतिशत थियो ।

चालू आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । चालू आवको मङ्सिर महिनासम्म रु ४९ अर्ब दुई करोड बराबरको डिजेल आयात भएको देखिन्छ ।

त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो पाँच महिनामा रु ३३ अर्ब ६६ करोड मूल्य बराबरको करिब ९८ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै पाम आयल रु २४ अर्ब ६१ करोड, पेट्रोल रु २४ अर्ब १० करोड र एलपी ग्यास रु २३ अर्ब ११ करोड तथा टेलिफोन रु २० अर्ब ३५ करोडको आयात भएको विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट रु ३० अर्ब ५५ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुने गरेको छ । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो पाँच महिनासम्म रु २७ अर्ब ४२ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

त्यस्तै रु तीन अर्ब ७३ करोड बराबरकोे गलैँचा तथा रु दुई अर्ब ६५ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ । सार्वजनिक तथ्याङ्कानुसार चालू आवको पहिलो पाँच महिनामा नेपालले भारतबाट करिब पाँच खर्ब तीन करोड मूल्य बराबरका वस्तु आयात गरेको देखिन्छ भने रु ८४ अर्ब १५ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

सोअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै रु चार खर्ब १५ अर्बभन्दा धेरै रहेको देखिन्छ । त्यस्तै नेपालले चीनबाट रु एक खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा रु ३८ करोड १६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट रु दुई खर्ब ९० अर्बभन्दा बढी मूल्य बराबरको आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु एक खर्ब ३६ र त्रिभुवन विमानस्थल नाकाबाट रु एक खर्ब पाँच अर्बभन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ । नेपालले वीरगञ्ज भन्सारबाट रु ४९ अर्ब ४१ करोड, विराटनगर भन्सारबाट रु २८ अर्ब ५६ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट रु १४ अर्ब ४१ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।

वि.सं.२०७८ पुस ८ बिहीवार १६:३५ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...