back
CTIZAN AD

धन कमाउन ओमान पुगेकी नेपाली चेलीलाई एयर स्ट्रेचरमा राखेर जन्मभूमि फर्काइयो

वि.सं.२०७८ पुस ८ बिहीवार

741 

shares

काठमाडौं । धन कमाउन खाडी मुलुकको ओमान पुगेकी एउटी नेपाली चेलीलाइ सिकिस्त अवस्थामा एयरस्ट्रेचरमा राखेर जन्मभूमि फर्काइएको छ ।

ओमानको सललाहमा घरेलु कामदारका रुपमा कार्यरत उनलाई नेपाली दूतावास र एनआरएनए ओमानको सहयोगमा पुष ७ गते (बुधवार) एयर स्ट्रेचरको व्यवस्था गरी नेपाल पठाइएको हो ।

गत मे ८ मा कोरोना संक्रमण भइ सललाहको सुल्तान काबुस अस्पतालमा भर्ना भएकी उनलाई पोस्ट कोभिड–निमोनियामाथि पनि थप संक्रमण तथा अर्ध पारालाइसिस भएर अस्पतालमै गम्भीर अवस्थामा उपचार गराइएको थियो । ७ महिनादेखि उक्त अस्पतालमा उपचारत उनलाई तीन महिनादेखि अस्पतालले थप सुधार नहुने भनेपछि उनको परिवारको सल्लाहमा पारिवारीक पुर्नमिलनका लागि नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ ।

‘ओमानमा घरेलु कामदारको रूपमा कार्यरत निज महिला २०२१/०५/०८ मा कोभिड–१९ को संक्रमण भई सलालास्थित सुल्तान काबुस अस्पतालमा भर्ना हुनुभएकोमा पोस्ट–कोभिड–निमोनिया भएको र त्यसमा थप संक्रमणहरू भइ अर्ध–प्यारालाइसिस समेत भएर अस्पतालमा थलिनु भएको थियो,’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजलाई खाना समेत नाकबाट पाइपको सहाराले दिइरहेको थियो भने दिसा–पिसाब समेत अतिरिक्त थैलीमा व्यवस्थापन गर्ने गरिएको थियो । वहाँ विगत ७ महिना देखि अस्पतालमा उपचाररत् रहेकोमा गत ३ महिनादेखि अस्पतालले अब थप सुधार हुन समय लाग्ने र यो अवस्थामा नेपाल लान सकिने भन्ने जानकारी गराएको थियो । नेपालमा वहाँको परिवारका छोरी–ज्वाईंसँग सर–सल्लाह गरी नेपाल पठाउने सहमति अनुसार वहाँको यात्रा समन्वय गरिएको थियो ।’

उनलाई सलालाह–मस्टक ओमान एयरको विमान र मस्कटदेखि सलाम एयरको विमानबाट स्ट्रेचरमा नेपाल पठाइएको हो । मृतक महिलाको नाम र ठेगाना भने दूतावासले खुलाएको छैन ।

दूतावासका अनुसार डिसेम्बर १९ का दिन लन्डनबाट नेपाल आउने क्रममा उडानकै क्रममा अकस्मात मृत्यु भएकी एक नेपाली महिलाको शब पनि सोहि विमानमा राखेर नेपाल पठाइएको थियो ।

May be an image of text

वि.सं.२०७८ पुस ८ बिहीवार १६:३० मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...