back
CTIZAN AD

विद्यालयमै बेहोस् भएर अस्पताल लगिएका विद्यार्थीको उपचारका क्रममा मृत्यु

वि.सं.२०७८ पुस ८ बिहीवार

750 

shares

दमौली । विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो ।

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो ।

धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । मृतकका आफन्तलाई खबर गरिसकिएको छ ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताए । “मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौ, गरिबीका कारण उपचार गराउन सकेका थिएनन्,” उनले भने ।रासस

file- photo

वि.सं.२०७८ पुस ८ बिहीवार २०:०२ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...