back
CTIZAN AD

नेपालले आज श्रीलंकाको सामना गर्दै

वि.सं.२०७८ पुस ११ आइतवार

675 

shares

११ पुष, काठमाडौँ । युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दै छ ।

नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने श्रीलंकाले आफ्नो पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । प्रतियोगिताको समिफाइनलमा स्थान बनाउनको लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार ११:१५ बाट शारजाहमा सुरू हुनेछ ।

वि.सं.२०७८ पुस ११ आइतवार १०:१३ मा प्रकाशित