काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले दुर्घटनामा मृत्यु भएका इन्जिनियरद्धयको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धीत कम्पनीसँग माग गरेका छन् ।
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा पाइप विस्फोट भएर मृत्यु भएका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ को दुर्घटनामा परि मृत्यु भएपछि उपाध्यायले यस्तो माग गरेका हुन् ।
‘अत्यन्तै दुखद खबर, २ जना हाईड्रोपावर युवा इन्जिनियरको दुर्घटनामा निधनः
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा पाइप विस्फोट भएर हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको निधन भएको छ।
दिवंगतको बैकुण्ठबास होस् र प्रोजेक्टले क्षतिपूर्ति तत्कील उपलब्ध गराओस्।’ उपाध्याले भनेका छन् ।’
वि.सं.२०७८ पुस १२ सोमवार १५:१७ मा प्रकाशित






























