काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदनमै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन् । संसद विघटन, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटनलगायतका विषयलाई जोडेर प्रचण्डले आक्रोश पोखेका हुन् ।
प्रचण्डले ओली कम्युनिष्ट नै नभएको पनि निष्कर्ष सुनाएका छन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीमा चरम व्यक्तिवादी सोंच र अहंकार रहेको बताएका छन् ।
तत्कालिन नेकपाभित्रको अन्तरसंघर्षमा आफुँ पराजय हुने निश्चित देखेपछि ओलीले संविधान खारेज गर्ने बुझाईका ओलीले संसद विघटन गरेको प्रचण्डको भनाइ छ । तत्कालिन समय ओलीलाई सच्याउन निकै प्रर्यत्न गरेको पनि प्रचण्डले खुलाएका छन् ।
वि.सं.२०७८ पुस १२ सोमवार १७:२० मा प्रकाशित






























