back
CTIZAN AD

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

वि.सं.२०७८ पुस १२ सोमवार

711 

shares

१२ पुष, काठमाडौँ । भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ ।

‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन् । अधिकारीहरूले सोमबार राति पनि थप हिउँपर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् ।

हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चोट वा मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए ।

मात्सुनोले भने, “हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको छ । भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ । अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ ।”

“अलपत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भएपनि अपरान्हतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मात्सुनोले बताए ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो । उक्त स्थानमा आज बिहानसम्म २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर ९२६ इन्च० हिउँको सतह बनेको एनएचकेले बताएको छ । हाइकोन शहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिमबर्षा हो ।

एनएचकेले यस क्षेत्रको स्थानीय रेल लाइनमा रेल फसेपछि रातभर झन्डै २०० यात्रुहरू हिउँमा अलपत्र परेका बताएको छ ।

हिउँको कारण आइतबार पनि लगभग १३० घरेलु उडान रद्द गरिएको जिजी प्रेसले बताएको छ । सोमबार लगभग ५० उडान रद्द भएका एनएचकेले जापानी उड्ययन अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १६:१४ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...