काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८८६ नमुना परीक्षणमा थप २७१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका २७१ जनासँगै नेपालमा पिसीआर र ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ६४१ पुगेको छ ।
त्यसैगरी आज निको भएका २२५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ ।
त्यस्तै आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५८६ पुगेको छ ।
त्यसैगरी हाल नेपालमा ४,९३१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,६९४ जना होम आइसोलेशनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा ७८ र भेन्टिलेटरमा २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
२ करोड २७ लाखले खोप लगाए
नेपालमा हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या १ करोड ३५ लाख ७३ हजार ७९२ पुगेको छ भने १ करोड १ लाख ६६ हजार ५०४ जनाले दोस्रोमात्राको खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
आज देशैभरी थपिए २१९ कोरोना संक्रमित, २८३ जना संक्रमणबाट मुक्त
वि.सं.२०७८ पुस १२ सोमवार १६:२१ मा प्रकाशित






























