Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

कथाः भरोसा



जन्मेपछि सबैलाई आनन्दसित जीवन बितोस् भन्ने कल्पना सजाई रहेको हुन्छ आमाबाले। अनेक प्रकारको सपना सजाउँदै जिन्दगी अगाडि ठेली रहन्छ। पुग-नपुगको खुशियालीले जुटाउनु दौड़धूप मचिनै रहने। कसैलाई लक्ष्मीमाताले विचार गर्न भुलिदिएर उकाली-ओरालीसित ठोक्कर खाँदै जिन्दगी ठेल्नु पर्ने। कसैलाई सम्हाली नसक्ने गरी लक्ष्मीमाताले धन बर्साई दिने। कस्तो अनौठो खेल यो धन-दौलतको जिन्दगी।

यस्तै लक्ष्मीमाताले बिर्सिएका धनबहादुर दिनभरि बजारमा रिक्सा चलाएर परिवारको पालनपोषण गर्न नपुगेर राती दस-ग्यारह बजेसम्म रिक्सा ठेल्दा पनि हम्मेहम्मे पर्ने परिवारको दुई छाक टार्न। पिन्डदान दिने छोरोको आशा राख्दाराख्दै पाँच कन्याको जन्म भई सके। अझै आशा राखेका छन् छोरोको।

धनबहादुरको दुःख देखेर आफन्तहरूले तीन छोरी पढाई लेखाई गरी दिनछौँ भन्दै वाचा गरी लगिसकेका थिए। काइँली छोरीलाई मुँहबोली मामा-माइजुले लगे। मुँहबोली मामा बीरू र माइजु ताराको एक्लो छोरो सानैमा भाग्यले साथ नदिएर दुर्घटना परेर उनीहरूसित लगिसकेका थिए यमराजले। पछिसम्म ताराको कोखबाट जयजन्म भएन कुनै सन्तानको। ठूलो घरमा बुडाबुडीले छोरीको रूपमा आफ्नै छोरी जतिकै ममता दिएका थिए रोमालाई।

मामाको घरमा आएको अलिक दिन त आमाकोमा जान्छु भन्दै जिद्दी गर्ने गर्थिन्। ताराले अनेक मीठा-मीठा व्यंजन बनाएर खिलाएपनि जहिल्यै मीठो छैन भन्थिन् रोमाले। कहिलेकाहीँ आमा-बाब भेट्न गए आउनै नमान्ने। एकप्रकारको मनमा दुःख लाग्ने र मनभित्र ईर्ष्या गर्दै सोच्ने गर्थे – ‘किन हामीलाई आमा-बाबा नसम्झिएको ?’ तर उनीहरूको प्रश्नको कुनै जवाब हुँदैन थियो।

बीरू र ताराले घरसल्लाह गरी राम्रो प्राइवेट स्कूल छानेर रोमालाई दाखिला गराए, पाँच कक्षामा। दुवैलाई त्यो एक्लोपनमा रुपाको आगमले निक्कै रमाइलो पारेको थियो। रोमालाई स्कूल पुऱ्याउनु र ल्याउने, नाश्ता, खाना, बिहान-बेलुका पढाउने, टिउसन ल्य़ाउने लाने गर्दा दुवै आँफैमा व्यस्त रहन थाले। आफ्नो बुडेसकाल बिर्सिएर नयाँ सिर्जनामा तत्पर भई रहन्थे। बुडेसकालको साहाराको एउटै लौरो सम्झी।

पछि मोटरको बन्दबस्त भएपछि रोमा स्कूल मोटरमा जान थालिन्। रूपालाई घर ल्याएपछि बीरू र तारा बोटले पाउला फेरेको जस्तै नयाँ जोश र जाँगर बढेर स्फुर्ति अनुभव गरेका थिए। बिहान बेलुकी कामको रूटिङमा प्राथमिकता दिने। समयमा खाने, सुत्ने, उठ्ने नियम चालु गरेका थिए। इष्टमित्रसित भेट भए रोमाकै प्रशंसा गरेर कतिनै न थाक्ने। महिना, साल गर्दै रोमा ठूली हुँदै थिइन्। अब पहिलाको जस्तै छुट्टी हुने बित्तिकै घर जाने जिद छोड्दै गइन्।

रुपाले बल्ल बीरू र ताराले गरेको माया र पर्वारिषको महत्त्व बुझिन। “म कस्तो थिए, आज यति पर मलाई माया गरि, आमाबाले गर्ने जिम्मेवारी लिएर अनेक खर्च गरेर मेरो भविष्य हेरि पढ्न पठाउनु भएको छ, मेरो भरोसा गरी। यो मैले कहिल्यै भूल्नु हुँदैन। मेलै उनीहरूले गरेको भरोसा र मायालाई कायम राख्नु पर्छ। आजबाट म मामामाइजुको छोरा, छोरीको दायित्व लिन्छु।” भन्दै मनभित्र निर्णय गरिन् ।

बीरूले बिहान बेलुकी टिउसन राखेर एच.एस.एल.सी. राम्रो नंबर लिएर पास भइन रोमा। कति खुशी भएका थिए दुवै रुपा उत्तीर्ण भएको खबरले।  रुपाले अगाडिको पढाई बैंगलोरमा पढ्ने इच्छा राखिन् मामामाइजुसित। दुवै दुविधामा परे के गर्नु ? एकातिर रोमाको जिन्दगी, अर्कातिर कहाली लाग्ने घरमा एकान्तबासले।

घरमा दुवैको सल्लाह पछि मन मारेर भएपनि नानीकै भविष्य हेरि बीरूले बैंगलोर साथमा लगेर एउटा सेन्ट्रल क्याम्पसमा दाखिला गराए। बस्ने घर बन्दबस्त गराई हातमा दुई-तीन महिना पुग्ने खर्च दिनुभयो। फिर्ता हुनेदिन रोमालाई सम्झाउँदै भन्नुभयो – “हेर नानी यत्रो टाढा तिमीलाई एक्लै छोडेर तिमीमाथि विश्वास र भरोसा गरी म जाँदैछु। मलाई विश्वास छ, तिमीले कहिल्यै हाम्रो मानमर्यादामा दाग लगाई सिर झुकाउने काम गर्दैनौँ। छोरीको इज्जत कसरी सम्भाली राख्नु पर्छ, र छोरीको इज्जत सियोको टुप्पो जस्तो हुन्छ, त्यो भाँचियो भने परिवारकै ढाड भाँचिएको बराबर हुन्छ।” आदि-आदि विस्तारमा सम्झाएर भारी मन गर्दै घर फिर्ता भए बीरू।

दुवैलाई कहिलेकाँही सुनसान घरले अत्याउने गर्थ्यो। रोमाको गर्मीको छुट्टीका दिन गन्दै आउने दिन सम्झना गर्दै खुशी हुने शिवाय अरू केहि उपाय थिएन पनि। मणिपुरबाट धेरै छात्र भएकाले रोमा छुट्टीमा साथीहरूसित आउने जाने गर्ने गर्थिन्।

टी.डी.सी. -को दोस्रो सेमिस्टरको जाँच सिद्धिएर रोमा पनि कांग्लातोङबी घर आइन्। बीरू र तारा घर आएकोले औधी नै खुशी थिए। तर पहिला आउँदाको जस्तो खुशी नदेखेर बीरूले सोधे – “छोरी! किन तिमीलाई सञ्चो छैन कि ? या वहाँ क्याम्पसमा कसैसित झगडा भयो कि ? तिम्रो अनुहार अलिक अँध्यारो देख्छु नी ?”

“त्यस्तो केहि भएको छैन मामा। वहाँ धेरै भिडभाडमा बसेकाले यहाँ अलिक सुनसान मात्र लागेको छ। सबै ठीकै छ मामा केहि चिन्ता नगर्नु होस्।”

“मलाई तिमीलाई देख्दा खुशी नभएको जस्तो लागेर सोधेको नानी।”

त्यसपछि रोमा केहि बोलिनन् । कसरी पनि भन्नु मन त कसैलाई वहाँ राखेर शरीर मात्र बोकेर आएको छु भनी।

यसपल्ट बीस-बाइसदिनपछि मात्र आमा-बाबा भेट्न गइन। दुई दिन बसेर घर फर्की आइन। मामा माइजु छक्क पर्दै सोचे ‘अब त रोमालाई यहीँ आफ्नो घर लाग्न थालेको सोचे।’

आमा-बाबाकोमा एउटै कोठा भएकोले विकाससित मोबाइलमा बात मार्न असुविधा परेको कसैले बुझेनन्।

क्याम्पसमा परीक्षाफल घोषित भएको खबर आएपछि तेस्रो सेमिस्टरका लागि सबै साथी सँगै जाने टिकट मिलाए। रोमा, विकाससित भेट हुने सम्झेर धेरै खुशी थिइन। यसपल्ट पनि जानु अगाडि रुपालाई राम्रो सम्झाएर बिदा गरे।

रोमालाई बाटैभरि कहिले विकासलाई गएर भेट्नु भई रहेको थियो। तीनदिन अगाडिबाट विकासको फोन बन्द भएकोले रुपाको मनमा धेरै सोचमा पारेको थियो। घरबाट फिर्ता भएको छैनन् होला कि ? कि मोबाइल हराउनु पनि सक्छ ! आदि-आदि सोच्दै बैंगलोर पुगिन्। त्यहाँपनि भेट्नु आएनन् विकास।

भोलिपल्ट क्याम्पसमा भेट हुने कल्पना गर्दै कतिबेला आँखा लाग्यो पत्तै भएन।

बिहानैबाट सृंगार-पट्टार गरेर क्याम्पसमा पुगेर आँखाले चारैतिर विकासलाई मात्र खोजी रहेको थियो। निकैबेरपछि विकासलाई एउटी केटीसित आएको देखेर खुशीसित हाय गर्दै हात हल्लाइन। तर विकासले देखेर पनि नदेखेको जस्तो व्यवहार गर्दै हाय गर्दै केटीको हात समातेर भित्र लाग्यो। रुपा छाँगोबाट खसेको जस्तो भइन र चुपचाप क्लासतिर गइन्। त्यहि केटीसित एउटै बेन्चमा बसेको देखेर आँफू पछाडिको बेन्चमा गएर बसिन्। दिनभरि नै एकान्तमा बात गर्ने मौका हेरि बसिन्। तर दुवै साथमा भएकोले असफल रहिन्।

क्लासको अन्तिम पिरेडमा जानेको जस्तो गरी एउटा सानो कागजमा “मलाई आइन्दा भेट्नु अथवा बात गर्न जरूरी छैन। मैले तिमीलाई भूलि सकेँ। तिमीपनि एउटा सपना सम्झी भुल। यही तिम्रो लागि राम्रो हुन्छ।

उक्त कागज पढेर रोमाको दुवै आँखाबाट मान्छे नै नदेखि अविरल आँसुका धारा बगे। कोठामा पुगेर एउटा सानो नानी जस्तै गरी मनखोलेर रोइन्। कोठामा बस्ने साथीले सम्झाउँदै भने –“तिमी यसरी रोएर केहि फाइदा छैन। यो त राम्रो भयो। तिमीलाई धेरै माया देखाएर फसाएको भए के हुन्थ्यो सोच त ? उसले आफ्नो असली औकात देखायो। त्यो त तिउन चखुवा रहेछ। केटी पनि लुगा फेरेको जस्तै फेर्दो रैछ। आँफै पर सऱ्यो राम्रो भयो। अब तिमी पनि भूल त्यसलाई।”

“कसरी भुल्नु मिनु पहिलो प्यार गरेकी थिए।”

“त्यसले यत्रो भूले भनेर लेखेर दिसक्यो। के तिमी पहिलो प्यार भन्दै झुन्डी राख्छौ त ? जे भयो राम्रैको लागि भयो जस्तो लाग्छ मलाई त। पछि बदनाम हुनुभन्दा त भगवानले पहिलै तिमीलाई बचाए। अब बुझ्ने कोशिश गर।”

“तिमीले भनेका कुरा ठीकै त छ।”

“ठीकै त छ होइन। एक्दमै ठीक छ। हामीलाई आमा-बाबाले यत्रो टाढा हाम्रो विश्वास गरी, यत्रो खर्च गरेर पढ्न पठाउनु भएको छ। हामीले मन लगाएर पढ्नु पर्छ। आफ्नो राम्रो भविष्य बनाउने बेलामा प्यार-स्यार भूल्नुपर्छ।”

“हो मिनु तिमीले भनेको कुरा एकदम सही हो। मैले पो कसरी भूलेकी होली। आउदै पछि मामामाइजुले कति अर्तीबुद्धि दिएर पठाउनु हुन्छ। म नै मति हराएर यसो गर्दैछु।”

रुपाले बल्ल बीरू र ताराले गरेको माया र पर्वारिषको महत्त्व बुझिन। “म कस्तो थिए, आज यति पर मलाई माया गरि, आमाबाले गर्ने जिम्मेवारी लिएर अनेक खर्च गरेर मेरो भविष्य हेरि पढ्न पठाउनु भएको छ, मेरो भरोसा गरी। यो मैले कहिल्यै भूल्नु हुँदैन। मेलै उनीहरूले गरेको भरोसा र मायालाई कायम राख्नु पर्छ। आजबाट म मामामाइजुको छोरा, छोरीको दायित्व लिन्छु।” भन्दै मनभित्र निर्णय गरिन् । *******

 

सीतादेवी छेत्री,कांग्लातोङबी, मणिपुर (भारत)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय