back
CTIZAN AD

यस्तो छ माओवादी केन्द्रको निर्वाचन तालिका, उम्मेदवारको मनोनयन दर्ता राति ८ बजे (तालिकासहित)

वि.सं.२०७८ पुस १७ शनिवार

699 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको आगामी नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

यसअघि मतदाता नामावली सार्वजनिक गरेको पार्टीको निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक समेत सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार मतदाता नामावली उपर दावि विरोध शनिवार ३ः३० देखि ४ बजेसम्म, मतदाता नामावलीमा परेको दावी विरोधको सूचना प्रकाशन ४ः१५ सम्म, दावि विरोधमाथि छानविन र निर्णय ४ः१५ देखि ४ः५० सम्म, अन्तिम मतदाता नामावली प्रकाशन ५ः३० बजेसम्म,उम्मेदवारको मनोनय पत्र दर्ता ८ बजेदेखि १०ः३० बजेसम्म, उम्मेदवारको मनोनयन पत्र दर्ता सूचि प्रकाशन शनिवार राति १०ः३५ बजे गरिने जनाइएको छ ।

त्यसैगरी पुष १८ गते (आइतवार) उम्मेदवारको विरोधमा विहान ८ बजेदेखि ८ः३० बजेसम्म उजुरी दिने समय तोकिएको छ भने ८ः३५ मा उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना जारी गरिनेछ । साथै ८ः४० देखि ९ बजेसम्म उजुरी उपर छानविन र निर्णय गरिने पनि समितिद्धारा जारी तालिकामा जनाइएको छ ।
त्यस्तै बिहान ९ः१० बजेदेखि ११ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन र नाम फिर्ता गरिने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ११ः१५ बजे र ११ः३० देखि ४ बजेसम्म मतदान हुने तालिका रहेको छ ।

यस्तो छ तालिका

No photo description available.

माओवादी केन्द्रको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक

वि.सं.२०७८ पुस १७ शनिवार १८:०५ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...