back
CTIZAN AD

माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु, कुन क्षेत्रबाट कति निर्वाचित हुनेछन् त ? (सूचिसहित)

वि.सं.२०७८ पुस १७ शनिवार

993 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको आगामी नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

यसअघि सहमतिमा पार्टीको केन्द्रीय सदस्य चयन गर्नका लागि बसेको बैठक सकिएको छ । अध्यक्ष मण्डलले केन्द्रीय सदस्यहरुको नामावली घोषणा गर्ने र त्यसलाई हलबाट सर्वसम्मतिले पारित गरिने र सहमति नभए निर्वाचनमा जाने बताइएको छ ।

कुन क्षेत्रबाट कति सदस्य चयन हुने छन त ?
निर्वाचन समितिद्धारा प्रकाशित सूचना अनुसार राष्ट्रिय महाधिवेशनबा पारित विधान २०७८ बमोजिम समानुपातिक तर्फ ४५ जना निर्वाचित हुने छ । जसमा पुरुष १२, पुरुष युवा ३, महिला २४ जना र महिला युवा ६ जना ।

दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । जसमा पुरुष ६, पुरुष युवा १, महिला १२ र महिला युवा ३ जना रहनेछन् ।

मुस्लिमतर्फ ७ जना निर्वाचित हुनेछन् । जसमा पुरुष १, पुरुष युवा १, महिला ४ र महिला युवा १ जना रहेका छन् । साथै मधेसीतर्फ २३ जना निर्वाचित हुनेछन् । जसमा पुरुष ६, पुरुष युवा १, महिला १३, महिला युवा ३ जना रहनेछन् ।

आदिवासी जनजाति तर्फबाट पुरुष ११, पुरुष युवा ३, महिला २३ र महिला युवा ६ जना गरी ४३ जना निर्वाचित हुनेछन् ।

त्यसैगरी थारुतर्फ पुरुष २, पुरुष युवा १, महिला ६ र महिला युवा १ जना गरी १० जना निर्वाचित हुनेछन् ।

त्यस्तै अपाङ्गता तर्फबाट पुरुष र महिला १\१ जना, पिछडिएको तर्फबाट पुरुष र महिला गरी १/१ जना तथा खुल्लातर्फ १४५ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तो छ उम्मेदवारी दर्ता प्रक्रिया
उम्मेदवारी दर्खास्त भर्दा १ पदमा १ जना प्रस्तावक र १ जना समर्थकको दस्तखत अनिर्वाय गराउनु पर्ने, उम्मेदवारी दरखास्त वारेश मार्फत् पनि दर्ता गर्न सकिने, उम्मेदवारी दरखास्त फराम वितरण र उम्मेदवराी दर्तामाथि उल्लेखित कलस्टर बमोजिम निर्वाचन केन्द्रबाट हुने जनाइएको छ ।

त्यसैगरी उम्मेदवारी दर्ता शुल्क १ हजार उम्मेदवारी दर्खास्त फारम दर्ता गर्ने बेलामा बुझाउनु पर्ने बताइएको छ ।

यस्तो छ माओवादी केन्द्रको निर्वाचन तालिका, उम्मेदवारको मनोनयन दर्ता राति ८ बजे (तालिकासहित)

माओवादी केन्द्रको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली सार्वजनिक

वि.सं.२०७८ पुस १७ शनिवार १८:३८ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...