back
CTIZAN AD

यी हुन् मर्जरको तयारीमा रहेका बाणिज्य बैंकहरु

वि.सं.२०७८ पुस २२ बिहीवार

807 

shares

काठमाडौं । एक दर्जन बढी वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिसनको तयारीमा गएका छन् । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र केही अन्य बैंक बाहेक अधिकांश बैंकहरु मर्जरको लागि तयारी अवस्थामा देखिएका छन् ।

वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले अधिकांश वाणिज्य बैंकहरु मर्जर तथा एक्विजिसनको गृहकार्य गरिरहेको देखाएको छ ।

नेपालको बैंकिङ क्षेत्रलाई हेर्दा अहिलेसम्म धेरै बैंकहरु मर्जर भइसकेको इतिहास छ । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले ल्याएको मर्जर तथा एक्विजेशन प्रक्रिया शुरु भएपछि २ सय ३७ संस्था मर्जर तथा एक्विजेशनमा गइसकेका छन् । जसको कारण १ सय ७६ वटा संस्थाको इजाजत खारेज भएर मर्जर तथा एक्विजेशनबाट ६१ संस्था बनेका छन् । राष्ट्र बैंकले मर्जर तथा एक्विजेशनको नीति ल्याएपछि ‘ख’ वर्गको विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको संख्या घटेपनि ‘क’ वर्गका बैंकको संख्या भने घटेको छैन् ।

मर्जर तथा एक्विजेशन नीति शुरु हुँदा ३२ वटाको संख्यमा रहेका बैंकहरु अहिले २७ वटाको संख्यामा रहेका छन् ।

कुनै समस्या नदेखिएमा पुसको ३० गते हुने हिमालयन बैंकको साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव स्वीकृत गर्ने छ । हिमालयन बैंकले पनि आफ्नो नियमित साधारणसभामा लाभांश पारित गर्ने तथा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रस्ताव अगाडि बढाएको छ । मर्जरको प्रकृया कानुनसम्मत ढंगले अगाढि बढेमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले फागुनदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । त्यस्तै अन्य कतिपय बैंकले मर्जर तथा एक्विजिसनका लागि साधारणसभाबाट स्वीकृति पाइसकेका छन् भने कतिपय बैंकहरु वार्षिक साधारणसभामा विशेष प्रस्ताव गरेर मर्जर तथा एक्विजिसनको स्वीकृति लिने तयारीमा जुटेका छन् । २ वर्ष अगाडि पनि २० वटा बैंकहरुले मर्जर तथा एक्विजसनको लागि प्रतिवद्धता सहितको पत्र नेपाल राष्ट्रबैंकमा पठाएका थिए ।

कुनै अड्चन नआएमा नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने विषयमा यो साता सम्झौता गर्नको लागि छलफल हुने छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन मर्ज हुने तथा नबिलले एनबी बैंकलाई गाभेपछि अरुलाई स्वभाविक रुपमा दवाव पर्ने देखिएको छ । सेञ्चुरी र सिभिल बैंकले मर्जरको लागि उपयुक्त हुने बैंकहरुसँग धेरै चरणमा छलफल गरिसकेका छन् । बैंक अफ काठमाण्डू र एनसीसी राम्रो स्वाप आए मर्जरमा जाने सोंचमा देखिएका छन् । धेरैजसो बैंकको मर्जरमा नमिलेको कुरा नै सेयर स्वाप हो ।

वि.सं.२०७८ पुस २२ बिहीवार ०८:५० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...