back
CTIZAN AD

धान उत्पादनमा वृद्धि

वि.सं.२०७८ पुस २२ बिहीवार

693 

shares

लमजुङ । लमजुङमा धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीका अनुसार यसवर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान हर्षित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको उनको भनाइ छ ।

त्यस्तै, केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेक्रफलमा गरिएको धान खेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ४० हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलँैचेफाँट रामचोकबेँसीलगायतका क्षेत्रमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी रेग्मीले भने, जिल्लामा साबीत्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।

किसानले पानी कम हुने ठाउँमा भने सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेक्रफलमा धानखेती हुने गरेको उनको भनाइ छ ।
रासस

वि.सं.२०७८ पुस २२ बिहीवार १५:५७ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...