back
CTIZAN AD

मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

वि.सं.२०७८ पुस २२ बिहीवार

849 

shares

चितवन । जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन् । सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो । यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको कलेजले जनाएको छ । अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत् यी शल्यक्रिया भएका हुन् । गत वैशाखदेखि यो सेवा सुरु गरिएको हो ।

विभागका प्रमुख कार्डियोथोरासिक तथा भाष्कुलर सर्जन डा अनिल आचार्यले मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनलीका जटिलदेखि साधारणसम्मका शल्यक्रिया, फोक्सोको शल्यक्रिया गरिएको जानकारी दिए । उनले जटिल प्रकारका शल्यक्रिया गरिएको उदाहरण दिँदै मुटुको खुम्चिने शक्ति निकै कम भएका व्यक्तिको शल्यक्रिया गरी स्वस्थ बनाइएको बताए ।

उनले भने,“मुटुको खुम्चिने शक्ति कम भएकोमा दुई वटा भाग फेर्ने र एउटा उपचार गर्ने काम सफलतापूर्वक गरियो ।” हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको उनको भनाइ छ । विभागमा डा आचार्यसँगै डा अल्का सिंहले यो विभाग अन्तर्गतका शल्यक्रिया गर्दै आएका छन् ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सिटिभिएस विभाग अन्तर्गत सबै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाउँदै विभागका चिकित्सक, नर्सलगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे । उनले भने,“यो टिमले छोटो समयमा सफलतापूर्वक एक सय शल्यक्रिया गरेको छ ।”

उनले चितवनमा सिटिभिएस अन्तर्गतका महत्वपूर्ण शल्यक्रिया सफलतापूर्वक हुन्छन् भन्ने पुष्टि भएको बताए । उनले थपे,“राजधानी काठमाडौँ र विदेश जानुपर्ने बिरामीलाई सर्वसुलभ रुपमा हामीले सेवा दिन सफल भएका छौं ।”

सन् २००८ मा बङ्गलादेशबाट कार्डियोथोरासिस तथा भाष्कुलर सर्जरीमा स्नातकोत्तर गर्नुभएका डा आचार्यले १० वर्ष काठमाडाँंैको शहीद गङ्गालाल हृदयरोग केन्द्रमा काम गरिसक्नु भएको छ । यही बीचमा उहाँले सिङ्गापुरबाट फेलोसिप पनि सम्पन्न गरे ।

तीन वर्ष नेपाल मेडिसिटी अस्पताल काठमाडौँमा कन्सल्टेन्ट कार्डियोसर्जनको रुपमा काम गरिसकेका डा आचार्य गत वैशाखदेखि चितवन मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । उनी मुटुसम्बन्धी तीन हजारभन्दा बढी शल्यक्रियामा प्रत्यक्ष संलग्न हुनुहुन्छ । आफ्नो नेतृत्वमा दुई हजारभन्दा बढी शल्यक्रिया भइसकेको डा आचार्यको भनाइ छ । कलेजले सेवा दिनुअघि धेरै बिरामी काठमाडौँ, भारत र तेस्रो मुलुक जाने गर्दथे ।
रासस

वि.सं.२०७८ पुस २२ बिहीवार १५:५७ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...