back
CTIZAN AD

बीस व्यापारी कारबाहीमा

वि.सं.२०७८ पुस २२ बिहीवार

645 

shares

जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ । महोत्तरीका विभिन्न स्थानका ५६ वटा व्यापारिक फार्ममा अनुगमन गरिएकामा २० व्यापारिक फार्मले कम तौल र गुणस्तरहीन सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको कार्यालय प्रमुख रजनिस झाले जानकारी दिए ।

पशुपति नमकिन उद्योग, खुश्बु नमकिन तथा दालमोट उद्योग, राहुल पाउरोटी उद्योग, विशाल किराना पसल, जोया इलेक्ट्रोनिक्स एण्ड हार्डवेयर पसलले उपभोक्तालाई ठग्दै आएको पाइएकाले अब उप्रन्त यस्तो नगर्न नसिहतसमेत दिइएको उनको भनाइ थियो ।यस्तै जनकपुरधामस्थित माछा बजारमा अनुगमनका क्रममा करिब दुई दर्जन पसलबाट पुराना ढक, तराजु नियन्त्रणमा लिइएको छ । लामो समयदेखि भारतीय ढक तराजु प्रयोग गरी कम तौलमा उपभोग्य सामान बिक्री गरिरहेको गुनासो आएकाले त्यस्ता ढक तराजु नियान्त्रणमा लिएर मान्यताप्राप्त ढक तराजु मात्र प्रयोग गर्न व्यापारीलाई निर्देशन दिइको जानकारी दिइयो ।

अनुगमनमा कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मीसहितको टोली सहभागी थियो । दरबन्दीभन्दा कम जनशक्ति भएर पनि उक्त कार्यालयले प्रदेश नं २ को धुनषा, महोत्तरी, सर्लाही र बागमती प्रदेशको सिन्धुली र रामेछाप जिल्लामा अनुगमन गर्दै आएको छ ।

रासस

वि.सं.२०७८ पुस २२ बिहीवार १६:११ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...