back
CTIZAN AD

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे

वि.सं.२०७८ पुस २२ बिहीवार

744 

shares

२२ पुष, काठमाडौँ । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा दिएको जानकारी अनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४.१ अर्ब युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।

तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो । पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन् ।

पठार क्षेत्रमा अहिले १०० भन्दा बढी उच्च मूल्याङ्कन गरिएका पर्यटकीय आकर्षणहरू, २,७०० भन्दा बढी पर्यटन उद्यमहरू र २,३०० भन्दा बढी होमस्टेहरू सञ्चालनमा छन् ।

सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्र्याएको छ जसबाट करिब २१२.६ बिलियन युआनको पर्यटन राजस्व आर्जन भएको पनि जनाइएको छ ।

वि.सं.२०७८ पुस २२ बिहीवार १६:१३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...