back
CTIZAN AD

के इतिहासलाई अवमूल्यन गर्न मिल्छ ?

वि.सं.२०७८ पुस २७ मंगलवार

1.3K 

shares

आज नेपाल एकीकरण अभियानको मुख्य योजनाकार एवं कार्यान्वयनकर्ता मुख्य अभियन्ता पृथ्वीनारायण शाह जन्मेको दिन । आज उनको मूल्यांकनलाई लिएर नेपाली बुद्धिजीवी र राजनीतिककर्मीहरु विभाजित छन् । पृथ्वीनारायण शाह, उनको विशाल नेपाल निर्माण अभियान र यससम्बन्धी उनको योगदानलाई पूरै बदनाम गरी विस्थापित र विस्मृत बनाउने हिसाबले बडो विवादमा पारिएको छ । यो एउटा ठूलो दुःखद विडम्बना हो । राज्य एकीकरण जस्तो गहनता र गुरुत्व बोकेको गम्भीरतम कार्य गर्दा–गराउँदा जान–अन्जानमा केही कमी–कमजोरी हुनु स्वाभाविक नै हो । तथापि यो सच्चाइलाई भुलेर वा भुल्न लगाएर आज जसरी पृथ्वीनारायण शाह र उनको नेपाल एकीकरण जस्तो महान् अभियानलाई अवमूल्यन गरि निषेध गर्न खोजिँदै छ, नेपाल र नेपालीका लागि त्यो सर्वाधिक घातक छ ।

अर्कोतिर, उनको योगदानको मूल्यांकनको नाममा ‘पृथ्वीनारायण शाह एक्लैले नेपाल एकीकरण गरेर अहिलेको विशाल नेपाल बनेको हो, उनी राजा भएर नै यस्तो महान् योगदान गरेका हुन्, त्यसैले यो देशमा अहिले पनि राजा र राजतन्त्रको आवश्यकता र औचित्य छ’ भनी ऐतिहासिक रुपले अनावश्यक भैसकेको र इतिहासको कुडाकर्कट बनिसकेको राजतन्त्रलाई फर्काउने मूर्खता पनि नेपाल र नेपालीका लागि त्यत्तिकै घातक छ ।

पृथ्वीनारायण शाह, उनको विशाल नेपाल निर्माण अभियान र यससम्बन्धी उनको योगदानलाई पूरै बदनाम गरी विस्थापित र विस्मृत बनाउने हिसाबले बडो विवादमा पारिएको छ । यो एउटा ठूलो दुःखद विडम्बना हो । राज्य एकीकरण जस्तो गहनता र गुरुत्व बोकेको गम्भीरतम कार्य गर्दा–गराउँदा जान–अन्जानमा केही कमी–कमजोरी हुनु स्वाभाविक नै हो । तथापि यो सच्चाइलाई भुलेर वा भुल्न लगाएर आज जसरी पृथ्वीनारायण शाह र उनको नेपाल एकीकरण जस्तो महान् अभियानलाई अवमूल्यन गरि निषेध गर्न खोजिँदै छ, नेपाल र नेपालीका लागि त्यो सर्वाधिक घातक छ ।

यहाँनेर इतिहास निर्माणमा नेता र जनताको भूमिकालाई वस्तुवादी, वैज्ञानिक र द्वन्द्ववादी दृष्टिले हेर्नू, बुझ्नु, विश्लेषण गर्नु र संश्लेषणमा पुग्नु सही र सुखद हुन्छ भन्ने लाग्दछ । वास्तवमा इतिहासका निर्माता जनता नै हुन् । आजको नेपाल निर्माणमा पनि बिसे नगर्चीदेखि लिएर ७० वर्षीय भक्ती थापा, अमरसिंह थापा, बलभद्र कुँवर, कालू पाण्डेलगायतका जनताकै हजारौं हजार वीरवीराङ्गना बाल, बृद्ध र युवा छोराछोरीहरुको भूमिका रहेको स्पष्ट छ । जो सदास्मरणीय र स्तुत्य छ । राजघरानामा जन्मे–हुर्के र बढे–पढेको र एउटा सानो राज्यको राजा हुनुको हिसाबले त्यतिबेला पृथ्वीनारायण शाहमा एउटा ठूलो राज्य बनाउने चेतना र सोचाइ आउनु ऐतिहासिक भौतिकवाद सम्मत कुरा नै हो । त्यही चेतना र सोंचाइ त्यतिबेलाका अन्य राजाहरुमा पनि आएको हुनसक्छ ।

तर, ती राजाहरुमा पृथ्वीनारायण शाहको जत्तिको दूरदर्शिता, चातुर्दिकता, महत्वाकांक्षा, तत्परता, साहस र समर्पण नभएर नै उनीहरुले विशाल राज्य (नेपाल) निर्माण अभियानको थालनी, विकास र विस्तारको नेतृत्व गर्न सकेनन्, जो पृथ्वीनारायण शाहले गरे । पृथ्वीनारायणले राज्य एकीकरण अभियानमा जनतालाई परिचालन गरेर नै जनताको साथ र समर्थनमा मात्र एक विशाल र शक्तिशाली नेपाल निर्माण भएको हो । नेपाली जनता बहादुर र साहसी नभएको भए नेपाल विशाल र शक्तिशाली बन्दैनथ्यो ।

पृथ्वीनारायण शाहको जत्तिको दूरदर्शिता, चातुर्दिकता, महत्वाकांक्षा, तत्परता, साहस र समर्पण नभएर नै उनीहरुले विशाल राज्य (नेपाल) निर्माण अभियानको थालनी, विकास र विस्तारको नेतृत्व गर्न सकेनन्, जो पृथ्वीनारायण शाहले गरे । पृथ्वीनारायणले राज्य एकीकरण अभियानमा जनतालाई परिचालन गरेर नै जनताको साथ र समर्थनमा मात्र एक विशाल र शक्तिशाली नेपाल निर्माण भएको हो । नेपाली जनता बहादुर र साहसी नभएको भए नेपाल विशाल र शक्तिशाली बन्दैनथ्यो ।

नेपाल विशाल र शक्तिशाली नभएको भए अङ्ग्रेजहरुले उहिल्यै नेपाल कब्जा गरि नेपाल र नेपालीलाई अधीनमा पारेर आफ्ना गुलाम बनाइसक्थे । यही गर्न नपाएको र आफूहरुलाई चुनौती दिने काम विशाल नेपालीबाट भएकोले त्यसैको प्रतिशोध स्वरुप आज बेलायती साम्राज्यवादीहरु नेपालमा चलखेल गरिरहेका छन् । विगतमा कुनै न कुनै साम्राज्यको अधिनमा परेर गुलाम बनेका तर, आज शक्तिशाली र सम्पन्न बनेका साम्राज्यवादी–विस्तारवादी र उपनिवेशवादी देशका शासकहरुलाई पनि नेपाल स्वतन्त्र राष्ट्र रही आएकोमा ठूलो डाहा छ । नेपाललाई विशाल, शक्तिशाली र स्वतन्त्र बनाउनमा पृथ्वीनारायण शाहको ठूलो योगदान भएकैले उनीहरुले बडो सुनियोजित रुपमा नेपाल र नेपालीको मौलिकता र विशिष्टतासहितको इतिहास–पुराण, भाषा–भेष, जाति–धर्म, संस्कार–संस्कृति र संघ–संस्था र तिनको पहिचान–स्वाभिमान र स्वत्व–अस्तित्वलाई नै नामेट पार्ने षड्यन्त्र गरिरहेका छन् । यसैअन्तर्गत नेपाल निर्माता पृथ्वीनारायण शाहका नेपाल एकीकरणका दौरानमा भएका कतिपय कमीकमजोरीहरुलाई अतिरन्जित गरेर पृथ्वीनारायण र नेपाल निर्माणमाथि अनावश्यक प्रश्नहरु उठाउँदै उनीहरुले आज हाम्रा दिलदिमाग दुषित गरेर भाँडभैलो मच्चाउने धृष्टता गरिरहेका छन् ।

ऐतिहासिक भौतिकवादी दृष्टिले हेर्दा नेपालको एकीकरण त्यतिबेलाको ऐतिहासिक आवश्यकता थियो र त्यो आवश्यकता पूर्ति कुनै न कुनै सचेत, साहसी र महत्वाकांक्षी व्यक्ति–शक्तिले गर्नै पर्दथ्यो । त्यो काम त्यतिबेला पृथ्वीनारायण शाहले सम्पन्न गरेका हुन् । उनको योजनामा यत्रो ऐतिहासिक कार्यभार पूरा गरिँदा त्यसरी नै केही कमीकमजोरीहरु भए जसरी अन्य देशहरुको निर्माण र विकासमा जस्तै गणतन्त्र नेपाल निर्माणका दौरानमा माओवादी जनयुद्धका क्रममा पनि भएका छन् । यो स्वाभाविक नै हो ।

ऐतिहासिक भौतिकवादी दृष्टिले हेर्दा नेपालको एकीकरण त्यतिबेलाको ऐतिहासिक आवश्यकता थियो र त्यो आवश्यकता पूर्ति कुनै न कुनै सचेत, साहसी र महत्वाकांक्षी व्यक्ति–शक्तिले गर्नै पर्दथ्यो । त्यो काम त्यतिबेला पृथ्वीनारायण शाहले सम्पन्न गरेका हुन् । उनको योजनामा यत्रो ऐतिहासिक कार्यभार पूरा गरिँदा त्यसरी नै केही कमीकमजोरीहरु भए जसरी अन्य देशहरुको निर्माण र विकासमा जस्तै गणतन्त्र नेपाल निर्माणका दौरानमा माओवादी जनयुद्धका क्रममा पनि भएका छन् । यो स्वाभाविक नै हो । तसर्थ, साम्राज्यवादीहरुको सुनियोजित षड्यन्त्र र चालबाजीलाई बुझेर हामी हाम्रो सही र स्वाभिमानी इतिहासलाई विवादास्पद र बदनाम गरेर हामी नेपालीहरुबिचमै द्वन्द्व भड्काउने र त्यही द्वन्द्वका बहानामा साम्राज्यवादी सैन्य हस्तक्षेप नै गर्ने विदेशी गुरुयोजनाबाट मुक्त भै तथ्यबाट सत्य पत्ता लगाउने र सत्य जतिसुकै तीतो भएपनि अन्ततः सबैको हित गर्ने कुरालाई आत्मसात् गरेर अघि बढ्नु पर्दछ !

यसरी हेर्दा पृथ्वीनारायण शाह, नेपाल एकीकरण गर्ने उनको ऐतिहासिक योगदानलाई नेपाल र नेपाली हुनुको नाताले विशेष महत्वका साथ स्मरण र श्रद्धा गर्नु नै तथ्यसंगत, सत्यसम्मत र न्यायसंगत त नै हुन्छ । सँगसँगै नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको हितसम्मत पनि हुन्छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १३:३९ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...