back
CTIZAN AD

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा देवी बहादुर ईङ्नाम

वि.सं.२०७८ पुस २७ मंगलवार

726 

shares

जापान । विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

यही जनवरी ९ तारीख जापानको टोकियोमा सम्पन्न दोश्रो अधिवेशन संस्थाका अध्यक्ष देवी बहादुर ईङ्नामको अध्यक्षता, नेपाली राजदूतावास जापानका कार्यवाहक राजदुत अम्बिका प्रसाद जोशीको प्रमुख आतिथ्यता, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथिले आफ्नो मन्तब्यमा कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै जापानमा रहेका नेपालीहरूलाई कोभिड माहामारीमा जापान सरकारले जारी गरेको मापदण्ड पालना गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रम सफलताको शुभकामना दिदै बिशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले साहित्यिको बिकासमा सबै साहित्यिक सस्थाहरू सहकार्य गर्नुपर्ने भन्दै रचना पनि बाचन गरेका थिए । विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दन्वा र सहसचिव भुवन रोकाले पनि शुभकामना मन्तब्य राख्दै रचना वाचन गरेका थिए ।

No description available.

विशेष अतिथि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, आदिवासी जनजाती महासङ्घ जापानका अध्यक्ष सन्जिब राई, पत्रकार महासङ्घ जापानका अध्यक्ष मोहन घलेले आतिथ्यता ग्रहण गर्दै रचनासहित शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस्तै अनेसास जापानका अध्यक्ष रविन शर्मा, साहित्य चौतारी नेपाल, जापान शाखाका उपाध्यक्ष अमर देव बास्तोला, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष सुरेश केसी, सेवारो निप्पोन जापानका कोषाध्यक्ष लाखध्वज मादेम्बा, नेपाली समाज जापानका उपाध्यक्ष शिशिर निङ्लेखु, तामाङ्ग समाज जापानका उपाध्यक्ष अनु थोकर, नेपाल मगर सङ्घ जापानका सहकोषाध्यक्ष सबिन बाबु मगर, अर्घाखाची समाजका अध्यक्ष दिपक थापा, जनप्रगतिशिल मञ्चका उपमहासचिव दावा शेर्पा, एसियन अलाईन टेलिभिजका सजिना मोक्तान, अनेसास बिओटी सदस्य गृष्मा पौडेल, लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तब्यको साथ रचना वाचन गर्दै सम्पन् भएको कार्यक्रममा अनेसास जापानका निर्तमान अध्यक्ष गिरिजा गैरे, सजिना मोक्तान, सयपत्री थुलुङ, बिमन किराती, दिप मुस्कान, प्रमिला राई, सुजन खनाल, राजन घले, प्रविन लामा, दिलिप राई, सम्झना राई, लगायत अन्य साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए ।
विनेसाम जापान शाखाका महासचिव रविन्द्र दिखुक्पाले सञ्चालन गरेको कार्यक्रममा सचिव बिमन किरातीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

No description available.

सभापतिले खुल्ला सत्रको कार्यक्रम समापनसँगै तत्कालीन कार्यसमितिको बिघटन गरेर निर्वाचन संयोजक केन्द्रीय समिति सहसचिव तथा सल्लाहकार भुवन रोकालाई जिम्मेवारी दिएर कार्यक्रमका सभापतिले औपचारिक कार्यक्रम समापन गरेका थिए।

विनेसाम केन्द्रका सहसचिव भुवन रोकाले अधिवेशन निर्वाचन मण्डलको प्रतिनिधित्व गर्दै सर्वसम्मत नयाँ कार्यसमितिको घोषणा गरेर नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।

विनेसाम जापान शाखाको नयाँकार्यसमिति एवं मनोनीत पदाधिकारीहरूको नामावली यसप्रकार रहेको छ ।

यस्तो छ नयाँ कार्यसमिति
देवी बहादुर ईङ्नामको नेतृत्वमा गठन भएको विनेसाम जापान शाखाको नयाँकार्यसमितिको उपाध्यक्षद्धयमा लोकनाथ अधिकारी, बिमन किराती महासचिवमा रविन्द्र दिखुक्पा, सचिवमा गंगा गगन, सहसचिवमा सयपत्री थुलुङ, आर्थिक सचिवमा शिवराज राई, आर्थिक सहसचिवमा अशोक कार्की रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरूमा विजय स्याङबो, दिलीप राई,दिप मुस्कान राई,शंकरहरी राई,रामचन्द्र न्यौपाने, प्रमिला राई, सुजन खनाल,सम्झना चाम्लिङ राई, प्रविन लामा र राजन घले, उमेश तिमल्सिना रहेका छन् ।

 

वि.सं.२०७८ पुस २७ मंगलवार १३:३५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...