काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी काठमाण्डौं,लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं. २ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दे आईरहेको थियो । साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी १ सय ७४ वटा शाखा, १ सय २३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको छ ।
वि.सं.२०७८ पुस २८ बुधवार ०९:५२ मा प्रकाशित



























