२८ पुष, काठमाडौँ । ज्योति विकास बैंकले ४ वटा अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र (प्युठान) महादेवपुरी स्वास्थ्य चौकी (बाँके) बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय (जाजरकोट) लाई उक्त सहयोग गरेको हो ।
बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । साथै अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम दिइएको छ ।
ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
वि.सं.२०७८ पुस २८ बुधवार १६:५८ मा प्रकाशित




























