back
CTIZAN AD

जाडोमा तिलको लड्डु खाँदा फाइदै फाइदा, जान्नुहोस् तिलको लड्डु खाँदाका १० फाइदा

वि.सं.२०७८ माघ २ आइतवार

1.2K 

shares

मकर संक्रान्तिमा तिलको लड्डु, तरूल, ध्यू, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदी खाने चलन छ । त्यसमा पनि तिलको लड्डु त मकर संक्रान्तिको पहिचान नै हो। मकर संक्रान्तिमा तिलको लड्डु खाने चलन लगभग सबै संस्कृति र जाती जनजाती हरूका बिचमा विद्यमान छ । संक्रान्तिका दिनमा मात्र तिलको लड्डु खाएर अक्सर हामी यो पर्वलाई बिदाई गर्दछौ तर योग, प्राकृतिक चिकित्सा एवं आयुर्वेद जस्ता पूर्विय आयुर्विज्ञानले मकर संक्रान्तिमा मात्र नभएर जाडो भरी नै तिलको लड्डु खानकोलागि निर्दिष्ट गरेको छ र पर्वकै रूपमा मनाएर तिलको लड्डुखाने प्रचलन हाम्रो संस्कृतिमा समावेश गरिदिएको छ। यसरी जाडो मौषममा तिलको लड्डू खानुको निम्नलिखित फाईदाहरू छन्।

१. पेटको लागि गुणकारी

तिलको लड्डूको सेवन पेटको लागि गुणकारी खानेकुरा हो। यसको सेवनले पाचन क्षमतालाई सशक्त पार्दछ भने अपच, अजिर्ण, ग्यास बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरि पेटलाई सफा राख्न मद्यत गर्दछ।

२. चिसोको प्रभाव कम गर्ने

चिसोको मौषममा तिलको लड्डू खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरि न्यानो बनाई राख्दछ। तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्दछ। चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाईदा पुर्‍याउदछ।

३. महिनाबारी ठीक पार्न सहयोगी

तिलको लड्डूको सेवनले महिलाहरूको महिनाबारी ठीक समयमा नहुने, महिनाबारी हुँदा अत्याधिक रगत बग्ने, तत्लो पेट दुख्ने जस्ता मासिक धर्म सम्बन्धि गडबडीलाई पनि ठीक पार्न मद्यत गर्दछ।

४. रक्त अल्पतालाइ निको पार्ने

तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाईने हुदाँ रक्त अल्पताका समस्या झेलि रहेकाहरूलाई पनि तिलको सेवनले विशेष फाइदा पुर्‍याउछ।

५. उच्च पोषक

तिल, सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाईने हुनाले तिलको लड्डू असाध्यै पौष्टिक हुन्छ। १०० ग्राम तिलमा २३।४ ग्राम कार्बोहाईड्रेटस, ४९।७ ग्राम तेल र १७।७ ग्राम प्रोटिन पाईन्छ। यी तिनै पोषक तत्वबाट शरीरले लगभन ५७३ किलोक्यालेरी पोषण पाउदछ। यसैगरि तिलमा उच्च मात्रामा विद्यमान खनिज र भिटामिनहरूले पनि शरीरलाई भरपुर पोषण प्रदान गर्दछ।

६. छाला, नङ र केशको लागि लाभदायक

तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एण्टि अक्सीडेण्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशको लागि अत्यन्त लाभ पुर्‍याउदछ।

७. हाड जोर्नीको लागि राम्रो

हाड जोर्नीको सामस्याको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक मानिएको छ किनकि तिलमा प्रशस्त मात्रामा हड्डी बन्न आवश्यक तत्वहरू मौजुद रहेको छ। राती दुध संङ्ग तिलको लड्डू खाने गर्नाले आस्टियो पिनिया,आस्टियो पोरोसिस एवं आस्टियो मलेसिया जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

८. दम रोगीको लागि राम्रो

दमका बिरामीहरूको लागि पनि तिलको लड्डूको सेवन अत्यन्त लाभदायक छ। जाडो बढे सगै वायूमण्डलमा आद्रता बढ्ने र चिसोको कारणले श्वास नलीहरू सागुरिने हुँदा श्वास प्रश्वासमा समस्या बढ्न सक्छ। खोकी लाग्ने, कफ आउने जस्ता समस्याबाट मुक्ति पाउन पनि दैनीक एक वा दुईवटा लड्डू खाईरहनु पर्ने हुन्छ।

९. नातागतलाई भगाउछ

नातागत झेलिरहेकाहरूको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक छ। तिल, गुड र कुराउनी मिलाएर बनाईएको तिलको लड्डू उच्च पौटिकता र क्यालोरीले यूक्त भएकाले नातागतका बिरामीले खानै पर्ने खानेकुरा हो ।

१०. मुटुका लागि राम्रो

तिलमा मुटुको लागि आवश्यक पौष्टिक तत्वहरू जस्तौ पोलिअनस्याचूरेटेड फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्टहरू, भिटामीनहरू र फाईबर खादि प्रचूर मात्रामा पाईने हुँदा यसको नियमित सेवनले प्लाक निर्माण रोकी मुटुलाई बलियो बनाउदछ।

(लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर–१ चितवनका निर्देशक हुन।)

वि.सं.२०७८ माघ २ आइतवार १२:४८ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...