Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

मेरो जित सुनिश्चित छ



शान्तराम बिँडारी

                                      शान्तराम बिडारी, अध्यक्ष पदका प्रत्यासी
                                         नेपाल पत्रकार महासंघ काठमाडौं शाखा
shantaram bidari

काठमाण्डौंको माहोल अहिले १ गते हुने पत्रकारहरुको निर्वाचनले तातेको छ । निर्वाचनमा कांग्रेस निकट पत्रकारको संगठन प्रेस युनीयन, एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच घम्साघम्सी हुने छनक देखा परेको छ । सहमति भन्दा पनि एक्लाएक्लै निर्वाचनमा होमिने भएका हुन् । सबैले जित्ने दाबी गर्दै आएका छन् । त्यस्तै मध्ये एक उम्मेदवार शान्तराम बिँडारी पनि आफूले जित्ने दावी गर्छन् । के के छन् जित्ने आधार ? यसै विषयमा केन्द्रित रहेर संसार न्युज डटकमले बिँडारीसँग गरेको कुराकानी

निर्वाचनमा विजयी हुन्छु जस्तो लाग्छ ?

मलाई यस शाखामा सदस्य रहनु भएका तमाम वरिष्ठ दाजुहरु, अग्रज पत्रकारहरु, समकालिन र पछिल्ला पुस्ताका साथीहरुको पनि पूर्णतया साथ, समर्थन र सहयोग रहेको छ । उहाँहरुले म प्रति दर्शाएको माया र सद्भाव नै मैरो विजयको आधार हो । निश्चय नै नेपालभरीकै सबैभन्दा ठुलो यस शाखामा एक पटक फेरि ‘ तिमी जत्तिको मान्छे’ आवश्यक छ भनेर नै सबैले यो जिम्मेवारी लिनतर्फ अग्रसर हुन घच्घच्याउनुभएको हो । र, म मानसिक रुपमा तयार भएर मैदानमा उत्रिएको हो । म सबै पक्षलाई समेट्दै, समन्वय गर्दै अघी बढ्न सक्ने योग्यता राख्छु, त्यसैले मेरो विजय पक्का छ ।

विजयी हुन्छु भन्ने आधार के के छन् ?

म रहर वा लहडले यो पेशामा नलागे जस्तै यो नेतृत्वका लागि पनि केवल रहर पुरा गर्ने उद्देश्य राखेर आउन लागेको होइन । सबैको सहयोगमा म अध्यक्ष भएमा आफ्नो कार्यकालमा ‘यो यो काम’ गर्ने भनेर मैले केही निश्चित एजेण्डा र कार्ययोजना तय गरेको छु । निश्चय रुपमा म आधारभूत तह देखि पत्रकारिताको प्रवद्र्धन, हित रक्षाका निम्ती लड्दै आएको छु । साना लगानीका पत्रपत्रिकाको संरक्षणका निम्ती संघर्ष गर्दै आएको हुनाले मसँग यससँगको ठूलो समुह परिचित छ । म स्वंम पनि निकै कष्टसाध्य प्रयत्नका साथ साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएको छु । तसर्थ काठमाडौंमा आवद्ध पत्रकारका समस्यालाई सही ढंगले बुझ्ने, जान्ने र चिन्ने म उपयुक्त पात्र हुँ भन्ने ठान्छु । मेरो यही गुणका आधारमा अवश्य विजय गराउनु हुनेछ भन्नेमा विश्वस्त छु ।

पत्रकारिता क्षेत्रमा बढी राजनीतिक हस्तक्षेप हुन थालेको देखिन्छ, अध्यक्षमा विजयी भएमा स्वतन्त्र ढंगले काम गर्न सक्छु जस्तो लाग्छ ?

मानिस विचार शुन्य त पक्कै हुन सक्दैन । हाम्रो सामाजिक जिवनका हरेक पक्षमा विचार, वाद वा राजनीतिको प्रभाव भएजस्तै पत्रकारिता पनि अछुतो नरहेको साँचो हो । तर यसो भनेर सधैं यस्तै रहिरहने भन्ने पक्कै होइन । हामी आफैं पछिल्ला दिनमा पत्रकारिता कर्ममा पक्षधरता भन्दा व्यवसायिकतालाई जोड दिइरहेका छौं । त्यसैले त राजनीतिक मिसनमा लागि खोलिएका विभिन्न पुराना र प्रतिष्ठित पत्रपत्रिकाहरुको पनि अस्थित्व संकटमा पर्दै गएको छ । आफुले बोकेको विचार जे जस्तो भएपनि न्युज रुममा हुँदा त्यसको प्रभाव नपरोस् भन्ने कुरामा सञ्चारकर्मी अत्यन्त सचेत हुनुपर्छ, जुन कुरा पछिल्ला दिनमा केही मात्रामा भइ पनि रहेको छ । अहिले म जुन आस्थाको वरिपरि रहेर त्यस संघ संगठनको सदस्य छु, अब पत्रकार महासंघमा गएपछि निश्चय पनि हामीले त्यो साँघुरो घेरा तोड्नै पर्छ । पत्रकार महासंघ जस्तो साझा हिसावको संस्थालाई साझा चरित्रमै हिँडाउनु पर्छ । र, यस साझा चरित्रको संस्थामा रहुन्जेल त्यस्ता राजनीतिक संगठनको सदस्यता त्याग्नुपर्छ । जुन कुराको म प्रतिवद्धता जनाउन चाहन्छु ।

निर्वाचनमा तपाईले पत्रकारका हक–हित सम्बन्धमा के–कस्ता मुद्दाहरु उठाउनुभएको छ ?

मेरा मुद्दा यो पेशालाई मर्यादित, व्यवस्थित र निष्ठाको पेशा बनाउन पहल गर्ने, सुरुवात आफैंबाट गर्ने, श्रमजिवि पत्रकारका हक हितलाई विशेष ध्यान दिने, शाखाले सुरु गरेको पत्रकार कल्याण कोषको रकम वृद्धि गर्दै त्यसलाई व्यवस्थित पार्ने, साना लगानीका पत्रपत्रिका तथा पछिल्लो समय वृद्धि भएका साना लगानीमा खोलिएका अनलाइनहरुलाई समयानुकुल व्यवस्थित तथा आत्म निर्भर हुने गरी नीति निर्माण गराउन पहल गर्ने, व्यवसायिक पत्रकारिताका क्षेत्रमा वर्षौदेखि काम गरिरहेका तर पत्रकार महासंघको छाताभित्र आउन नचाहेका ठुलो पंक्ति छ, त्यसलाई यस महासंघप्रति आकर्षण बढाउनका लागि विशेष कार्यक्रम ल्याउने लगायतका योजना छ ।

पत्रकारहरुको हकहितका लागि तपाईका थप योजनाहरु के–के छन् ?

व्यवसायिक पत्रकारितालाई मर्यादित ढंगले विकास गर्नुपर्छ भन्ने नै हाम्रो ध्येय हो अब साना लगानीका पत्रपत्रिका लाई पनि युग सुहाउँदो ढंगले लानुपर्छ । विद्युतीय सञ्चार, रुपान्तरण र प्रविधीसंग जोड्नुपर्छ । त्यसका लागि पछिल्लो प्रविधीसंग अभ्यस्त हुन नसकेको अघिल्लो पुस्ता छ । तिनलाई विभिन्न तालिमहरु सञ्चालन गर्न सकिएमा हामी समयको चाप संगै अघि बढ्न सक्छौं । हामीले व्यक्ति र स्वार्थ केन्द्रीत भन्दा पनि आम संचार र पत्रकारको स्वार्थ केन्द्रीत एजेण्डा बोक्नुपर्छ । अब नेपाली मिडियालाई डिजिटलाईड गर्ने, सचार माध्यममा मालिकको हैन, आम पत्रकारको पकड हुने, समाचारमा पत्रकारको नियन्त्रण हुने, काम गर्नेले बेलैमा पर्याप्त तलव पारिश्रमिक पाउने, उपदान, संचय कोष र बिमा हुने, मालिकले कम्पनीबाट नाफा लिने तर सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप गरे गैरकानुनी हुने, गैरजिम्मेवार र गैरकानुनी काम गर्ने पत्रकारलाई कानुन अनुसार कारबाही हुने, पत्रकारितालाई राजनीतिक दलको प्रत्यक्ष प्रभावबाट मुक्त गरी स्वतन्त्र बनाउने, बिज्ञापनदाताको प्रभावबाट समाचारलाई मुक्त गर्ने, पत्रकारितामा भित्रिएको अपराधिकरण बन्द गर्ने लगायतका काममा ध्यान दिनुपर्छ । यसमा म दिलोज्यान दिएर लाग्नेछु ।

तपाईंको चुनावी नारा के हो ?
मेरो नारा व्यवसायिक पत्रकारिताको विकासमा जोड,साना लगानीको मिडियाको विकास, विस्तार र आत्मनिर्भर पार्न पहल गर्ने र अग्रज पत्रकारहरुको उचित सम्मान र राज्यबाट नियमित पेन्सन दिलाउन पहल गर्ने हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले