back
CTIZAN AD

नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपिएफ जित्यो प्रधानमन्त्री कपको उपाधि

वि.सं.२०७८ माघ ५ बुधवार

1.4K 

shares

५ माघ, काठमाडौँ । एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको एपिएफले १९.५ ओभरमा १५७ रन बनाएर अलआउट भएको थियो । एपिएफका लागि ब्याटिङ्गमा अमर रौतेलाले सर्वाधिक २९ रन बनाएका थिए भने नेपाल पुलिसका लागि बलिङ्गमा सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

एपिएफले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । नेपाल पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । एपिएफका लागि किशोर महतो बलिङ्गमा सर्वाधिक ३ विकेट लिएका थिए ।

वि.सं.२०७८ माघ ५ बुधवार १३:४९ मा प्रकाशित