Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

चौधसयमा हात्तीपाइलेको जिवाणु



 २७ फागुन,बेनी (म्याग्दी) । म्याग्दीमा करिब एक हजार चार सय जनामा हात्तीपाइले (फाइलेरिया)को जिवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाइँ सराइ गरेका, नदीकिनारा र फोहर ठाउँमा बस्नेहरुमा यो रोगको जिवाणु बढी फेला परेको देखिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको जिवाणु जिल्लाको कुल जनसङ्ख्याको एक दशमलव २३ प्रतिशतमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालले सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको कुल जनसङ्ख्या एक लाख १३ हजार ३१४ छन् ।

सदरमुकाम बेनी, अर्थुङे, ज्यामरुककोट, पिप्ले, भगवती, बाबियाचौर, अर्मनलगायत जिल्लाभरको स्वास्थ्य चौकीमार्फत गतवर्ष औषधि सेवनका क्रममा गरिएको नमुना परीक्षणमा त्यती ठूलो संख्यामा हात्तीपाइलेका जिवाणु भेटिएको डा रोशन न्यौपानेले बताउनुभयो ।

सो रोगको जिवाणु भेटिएकाहरुले औषधि सेवन गरेपछि निको हुन्छ उहाँले भन्नुभयो । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले आगामी चैत ५, ६ र ७ गते आठौँ चरणको औषधि खुवाउने कार्यक्रम तय गरिएको छ । जसअन्तर्गत ५ गते वडास्तरमा र ६ र ७ गते छुटेकालाई घरदैलो अभियानमार्फत औषधि खुवाउने कार्यक्रम रहेको छ ।

बेनी नगरपालिका र ३५ गाविसका सबै घरधुरीमा अभियानको पहुँच पु¥याउन स्वास्थ्यकर्मीसहित स्वयम्सेवक गरी करिब एक हजार २०० जना परिचालन गरिनेछ ।

दुई वर्षमूनिका बालबालिका, गर्भवती तथा सात दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दीर्घरोगी एवम् पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई भने औषधि सेवन गर्न निषेध गरिए पनि लक्षित समुदायले निर्धक्क औषधिको सेवन गर्दा कुनै असर नगर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

अस्पताल विकास समितिको अध्यक्षमा रेग्मी नियुक्त

म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त हुनुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७३ पुस १४ गतेको बैठकले नेपालका सबै अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गर्ने निर्णयअनुसार सरकारले हालै म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मीलाई नियुक्त गरेको हो ।

लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहनुभएका रेग्मीले जिल्लाका विभिन्न सामाजिक, धार्मिक र विकास निर्माणसम्बन्धी विभिन्न सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.