back
CTIZAN AD

चौधसयमा हात्तीपाइलेको जिवाणु

वि.सं.२०७३ फागुन २७ शुक्रवार

849 

shares

 २७ फागुन,बेनी (म्याग्दी) । म्याग्दीमा करिब एक हजार चार सय जनामा हात्तीपाइले (फाइलेरिया)को जिवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाइँ सराइ गरेका, नदीकिनारा र फोहर ठाउँमा बस्नेहरुमा यो रोगको जिवाणु बढी फेला परेको देखिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको जिवाणु जिल्लाको कुल जनसङ्ख्याको एक दशमलव २३ प्रतिशतमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालले सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको कुल जनसङ्ख्या एक लाख १३ हजार ३१४ छन् ।

सदरमुकाम बेनी, अर्थुङे, ज्यामरुककोट, पिप्ले, भगवती, बाबियाचौर, अर्मनलगायत जिल्लाभरको स्वास्थ्य चौकीमार्फत गतवर्ष औषधि सेवनका क्रममा गरिएको नमुना परीक्षणमा त्यती ठूलो संख्यामा हात्तीपाइलेका जिवाणु भेटिएको डा रोशन न्यौपानेले बताउनुभयो ।

सो रोगको जिवाणु भेटिएकाहरुले औषधि सेवन गरेपछि निको हुन्छ उहाँले भन्नुभयो । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले आगामी चैत ५, ६ र ७ गते आठौँ चरणको औषधि खुवाउने कार्यक्रम तय गरिएको छ । जसअन्तर्गत ५ गते वडास्तरमा र ६ र ७ गते छुटेकालाई घरदैलो अभियानमार्फत औषधि खुवाउने कार्यक्रम रहेको छ ।

बेनी नगरपालिका र ३५ गाविसका सबै घरधुरीमा अभियानको पहुँच पु¥याउन स्वास्थ्यकर्मीसहित स्वयम्सेवक गरी करिब एक हजार २०० जना परिचालन गरिनेछ ।

दुई वर्षमूनिका बालबालिका, गर्भवती तथा सात दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दीर्घरोगी एवम् पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई भने औषधि सेवन गर्न निषेध गरिए पनि लक्षित समुदायले निर्धक्क औषधिको सेवन गर्दा कुनै असर नगर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

अस्पताल विकास समितिको अध्यक्षमा रेग्मी नियुक्त

म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त हुनुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७३ पुस १४ गतेको बैठकले नेपालका सबै अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गर्ने निर्णयअनुसार सरकारले हालै म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मीलाई नियुक्त गरेको हो ।

लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहनुभएका रेग्मीले जिल्लाका विभिन्न सामाजिक, धार्मिक र विकास निर्माणसम्बन्धी विभिन्न सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०७:५१ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...