back
CTIZAN AD

कविता: एउटा फूल

वि.सं.२०७८ माघ ८ शनिवार

1.5K 

shares

नफुल्दै ओइलाएको
टुटफुट र गुटमा मौलाएको
चरम व्यक्तिवाद र अराजकतावाद
उसको आदर्श र जग हो, सामन्तवाद ।

व्यक्तिमा रमाउने
व्यक्तिनै समाउने
व्यक्ति व्यक्ति जुधाउने
व्यक्तिगत फाइदा उठाउने ।

कुरा ठुलो तर काम लुलो
नहर भत्काएर बनाउने कुलो
भान्सा उसको राजसी चुलो
भाषण धर्मकाँटाको तर कपटी तुलो ।

सदा उसको पूजक भए हुन्छ
विचारको बहसमा प्रतिबन्ध छ
उ नै विचारक हो उ मै सबथोक छ
नाम,पद र प्रतिष्ठाको अनन्त भोक छ ।

उ के हो उसैलाई थाहा छैन
फूलको कुनै विशेषता छैन
एउटा फुल हो तर बासना छैन
दुर्गन्धले भरिएको कुनै फूल हुँदैन ।

तर पनि फूल भएकोमा दम्भ छ
फूल वरिपरि काँडाहरु टम्म छ
भविष्य छैन हुस्सु र कुहिरो डम्म छ
तथापि भक्तहरुको भक्तिगान अचम्म छ।

कुहिएको अनि भक्ति आशक्त फूल
काँडाले घेरिएको अति विषाक्त फूल
जनघात,राष्ट्रघातहरुमा अभिव्यक्त फूल
सदाका लागि जनमनबाट परित्यक्त फूल।

एउटा कथित अनि पतित फूल ।।

चेतन गिरी
ठेगाना: सारदा नगरपालिका-९, सल्यान

वि.सं.२०७८ माघ ८ शनिवार ०७:४८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...