back
CTIZAN AD

गजल

वि.सं.२०७८ माघ ८ शनिवार

729 

shares

गरे कर्म काला दुखाएर छाती ,
खुसी जोर्न खोजेँ बुझाएर छाती ।

भने ज्योतिषीले चले राहु केतु ,
झ–यो अश्रु गङ्गा रुझाएर छाती ।

रुँदा व्यक्ति साना बडा चिम्म गर्छन् ,
कहाँ हिँड्न सक्नू सुझाएर छाती ।

म बाँचूँ बचाऊँ सधैँ बक्छ मान्छे ,
चुसेका चुस्यै छन् रुवाएर छाती ।

सबै बाँच्नलाई स्वयम् उठ्नुपर्छ ,
मिली शक्ति गाँठो जुटाएर छाती ।

जमी उठ्न सक्लान् श्रमी वर्ग माथि,
छरूँ ज्ञान आभा घुमाएर छाती ।

मिली साथ बढ्ने गरूँ यत्न यौटा,
जिऊँ सौख्य भोगी उठाएर छाती ।

बहर- मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२

दीनानाथ पोख्रेल ,इलाम

वि.सं.२०७८ माघ ८ शनिवार ०७:४९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...