back
CTIZAN AD

कविता: देउराली काटेर पनि

वि.सं.२०७८ माघ ८ शनिवार

897 

shares

देउराली काटुञ्जेल पनि मेरी आमा भुर्ताल
कराइरहिथिइन्
किनकि म घरमा बेकार रहेको थिएँ
मधुसजस्तो
प्रयोगविहीन

होल्टो भएको छ मेसिनले काम
मान्छे चाहिदैन
आधा काम घटेको छ
मान्छेको आवश्यकता अवस्था हेरिकन पर्छ
मान्छे अचेल ओखल र ढिँकी भएको छ
तोरी पेल्ने कोल भएको छ
चाहिँदाको ठाँडो भएको छ मान्छे

देउराली काटिसकेर पनि बा कराइरहेथे एकहोरो
गाईको बाच्छो जस्तो भएको थिएँ
खेतबारी जोत्ने काम मेसिनले खोस्यो
मेरो मासुपनि बर्जित छ
छाला पनि प्रतिबन्धित छ
गाई गहुँतको लागि पालिएको छ
न हलो न बलो सिमलको ठुटो ।

देउराली काटेर पनि प्रियसी कराइ रहेथिइन्
किनकि म काठको हर्पे र ठेकी जस्तो भएँ
काठको ठाउँ प्लाष्टिकले लिइसक्यो
बेकार फोहर जस्तो भइसकेँ
राख्ने ठाउँ पनि छैन्
मिल्काउन पनि यसैमा विरासत टिकेको छ
मान्छे नामक पहिचान छिपेको छ
नत्र सिद्रा सुँघेर पनि छाक टारिन्थ्यो ।

निम्ब तरू, मालारानी, अर्घाखाँची

वि.सं.२०७८ माघ ८ शनिवार ०७:५० मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...