भोक सुन खाएर नमेटिने
नुन खाएर तरान लगाउन
कतिले सुन नुनको भाउमा बेचे
कसैले नुन सुनको भाउमा बेच्दैछन्
यहाँ हुनेखानेको शासनमा
खटिखानेले रासन चलाउनु
बाध्यता हो ।
ठूलो आगो जस्तो उक्कालो दन्किन्छ
सानो ढुङ्गा जस्तो ओरालो गुड्किन्छ
टुक्रिन्छ टुक्रा टुक्रा भएर
अनि थुप्रिन्छन्
बग्रेल्ती बगरहरूमा
कोही बगेर जान्छन्
तल खोला–नाला समतल हुँदै
नुनिलो पसिनाको सागरमा भासिन्छन्
अनि निथ्रिन्छन् ।
यहाँ अर्को तिर
घट्ने कुरै छैन
दर भाउ
यत्ति बुझें
अब नुनको भाउ
सुनको भएको देख्न मात्र
बाँकी छ ।
यहाँ
किसिम किसिमले
किसिम किसिमको
भाउ बढेको छ
होचो माथी घोचो
ठग्ने र ठगिने त
आजको चलन नै हो कि
भित्री दावानल सल्काएरै भए पनि
कृत्रिम हाँसो
आफ्नो मुल्यहीन जीवनमा
भाउ बढेकाहरू माझ
दाँत देखाउनु पर्दा
मुर्झाएका आँखा
कलेटी परेको ओठ
लखतरान
तरान सकिएकाहरूको
कुनै भाउ छैन
बाँकी छ
व्यक्ति डुबेको छ
प्रान्त डुबेको छ
देश डुबेको झन् झन्
महामारी बढेकोले
खटिखाने र ब्यापार डुबेको छ
थाप्लो भरि ऋण छ
अब मात्र बाँचेका छन् लम्पसार
सड़क र गल्लीहरूमा
भतुवा भुस्याहरू र
पुटुस्स ढाडÞिएका पेटहरू बस्ने
ओसिला अट्टालिकाको ओड़ारमा ब्वाँसाहरु
बजार भाउ
हजार मुनि कुरै छैन
जता धेर
उतै हेर छ संसार
कर लागेको छ
रहर नलागे पनि
डर लागेको छ
गाँस बाँस र कपासको
यहाँ
किसिम किसिमले
किसिम किसिमको
भाउ बढेको छ
होचो माथी घोचो
ठग्ने र ठगिने त
आजको चलन नै हो कि
भित्री दावानल सल्काएरै भए पनि
कृत्रिम हाँसो
आफ्नो मुल्यहीन जीवनमा
भाउ बढेकाहरू माझ
दाँत देखाउनु पर्दा
मुर्झाएका आँखा
कलेटी परेको ओठ
लखतरान
तरान सकिएकाहरूको
कुनै भाउ छैन
जे पायो उही खायो गर्नेहरूको मुल्य
भाउ न साउ तेसै खाउ
भएको देख्दा
किनेर बेच्नेहरूले
अझै कसेर
भाउ अझै बढेको छ ।
बाध्यतामा बेचिनेहरू
नुनको भाउमा बेचिएर
अभावमा किन्नु पर्दा
सुनको दाउ थाप्नेहरूको
भाउ सारै बढ़ेको छ ।
मोहन गौतम, गान्तोक रांका, सिक्किम
वि.सं.२०७८ माघ ८ शनिवार ०७:५२ मा प्रकाशित






























