back
CTIZAN AD

भारतमा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या क्रमश घट्दै

वि.सं.२०७८ माघ ९ आइतवार

1.1K 

shares

काठमाडौं । भारतमा बिहीवार यता कोरोना संक्रमण हुने र मृत्यु हुनेको संख्या क्रमश घट्दै गएको छ ।

बिहीवार ३ लाख ४७ हजार संक्रमित र ७०३ जनाको मृत्यु भएकोमा शुक्रवार र शनिवार यो संख्या घटेको छ ।

भारतका स्वास्थ्य मन्त्रालयद्धारा जारी तथ्यांक अनुसार शनिवार त्यहाँ ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा २ लाख ५९ हजार निको भएका छन् भने ५२५ जनाको मृत्यु भएको छ ।
भारतमा हाल २१ लाख ८७ हजार सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड ९२ हलार ३५ हजार २२० पुगेको छ । ती मध्ये ३ करोड ६५ लाख ६५ हजार ६५० जना निको भएका छन् भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ लाख ९ हजार ४०४ पुगेको छ ।
यी हुन् सबैभन्दा प्रभावित राज्य
भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र बनेको छ । त्यहाँ शनिवार ४६ हजार ३९३ जनामा संक्रमण पुष्टि हुनुका साथै ४८ जनाको मृत्यु भएको थियो । साथै केरलामा शनिवार ४५ हजार १३६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भएको थियो । सोहि अवधिमा २१ हजार ३२४ जना निको भएका थिए ।

कर्णाटकमा शनिवार ४२ हजार ४७० संक्रमित, ३५ हजार १४० निको र २६ जनाको मृत्यु भएको छ । साथै तमिलनाडुमा ३० हजार ७४४ संक्रमित, २३ हजार ३७२ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

गुजरातमा शनिवार २३ हजार १५० जना संक्रमित भएका छन् । सोहि अवधिमा १० हजार १०३ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै दिल्लीमा शनिवार ११ हजार ४८६ जनामा कोरोना पुष्टि भएको छ भने सोहि अवधिमा ४५ जनाको मृत्यु भएको छ । दिल्लीमा शनिवार मृत्यु हुनेको यो संख्या कोरोनाको तेस्रो लहर सुरु भएयता अहिलेसम्मकै बढी भएको बताइएको छ ।

वि.सं.२०७८ माघ ९ आइतवार १०:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...