back
CTIZAN AD

विकटका धनाड्य मुख्यमन्त्री : जोसँग छ केजीमा सुनचाँदी, ठाउँ ठाउँमा घर–घडेरी

वि.सं.२०७८ माघ ११ मंगलवार

1K 

shares

काठमाडौं । कर्णाली प्रदेश देशकै गरिब र विकट प्रदेशका रुपमा चिनिन्छ । कर्णालीको नाम उच्चारण गर्दा नै धेरैलाई गरिबहरुको अनुहार सम्झना आउँछ । तर, कर्णालीको ठूलो जनसंख्या चरम गरिबीको चपेटमा रहिरहेका बेला प्रदेशका मुख्यमन्त्री भने धन दौलतले निकै सम्पन्न देखिएका छन् ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ति करोडौं देखिएको हो ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार शाहीको केन्द्रीय राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा घरहरु छ । उनीसँग ५ ठाउँ भन्दा बढी क्षेत्रमा जग्गा छ ।

त्यसैगरि शाहीसँग आधा केजीभन्दा बढी सुन (५६ तोला) र दुई केजी चाँदी छ । त्यसै उनीसँग लाखौंका अन्य रत्न पनि छ ।

शाहीसँग बैंक ब्यालेन्स नै डेढ करोड हाराहारी छ । साथै उनीसँग १३ हजार कित्ता विभिन्न कम्पनीका शेयर पनि छ ।

शाही झण्डै करोड हाराहारीको महंगो कार पनि चढ्ने गरेका छन् ।

शाहीले आफ्नो सम्पत्ति सबै पुख्र्यौली तथा जागिर र व्यापार व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् । उनले झण्डै दुई करोड ऋण पनि देखाएका छन् । जसलाई किस्तामा तिरी रहेको उनले खुलाएका छन् ।

वि.सं.२०७८ माघ ११ मंगलवार ११:५५ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...