back
CTIZAN AD

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

वि.सं.२०७८ माघ ११ मंगलवार

666 

shares

गण्डकी । जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश उपसभामुखका स्वकीयसचिव प्रकाश शर्माले आफ्नो ३० औँ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ विद्यार्थीलाई रु ३५ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।

पोखरा महानगरपालिका–९ स्थित नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपी, कलम, मास्कलगायत सामग्री वितरण गरिएको थियो । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

समारोहमा स्वकीयसचिव शर्माले आफ्नो जन्मदिन अवसरमा विगत १० वर्षदेखि आफूले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिब एवं विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिए । अपाङ्गता भएका विद्यार्थी भाइबहिनीले आफूलाई कमजोर महसुस नगरीकन शिक्षामा अब्बल हुनुपर्नेमा जोड दिँदै उनले पठनपाठनमा कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्थामार्पmत अपाङ्गता भएका २७६ बालबालिका विभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवं निजामती सेवामा प्रवेश गरेको जानकारी दिए । कार्यक्रममा समाजसेवी गोपि तुलाचन, सुदर्शन कोइराला, प्रेमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठलगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

वि.सं.२०७८ माघ ११ मंगलवार ११:४० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...