back
CTIZAN AD

कालोबजारी गर्ने पम्प सञ्चालक पक्राउ

वि.सं.२०७३ फागुन २८ शनिवार

792 

shares

२८ फागुन, महोत्तरी। पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर खुलेआम कालोबजारी गर्ने एक जना पेट्राल पम्पका सञ्चालकलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उमेश आयल स्टोर्स गौशाला–१ का सञ्चालक ३७ वर्षीय अमरेशकुमार साह रहेका छन् । आज बिहान पाँच वटा ड्रममा भरीभराउ डिजेल ज १ त १०९० नं को ट्रयाक्टरमा लोड गरी गौशाला बजारस्थित राधाकृष्ण किराना पसलमा ल्याइरहेको समयमा प्रहरीले पक्राउ गरेका छन् ।

गौशाला नगरपालिका–१ मा सञ्चालनमा रहेको उमेश आयल स्टोर्समा पेट्रोलियम पदार्थको कृत्रिम अभावको सिर्जना गरी सञ्चालक साहले आफैले सञ्चालन गरेको किराना पसलमा खुलेआम पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका थिए । पक्राउ परेको साहलाई आवश्यक अनुसन्धानको लागि इप्रका गौशालामा राखिएको छ भने ट्रयाक्टर र डिजेल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

वि.सं.२०७३ फागुन २८ शनिवार १०:३१ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...