back
CTIZAN AD

आज माघ २१ गते शुक्रवार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

वि.सं.२०७८ माघ २१ शुक्रवार

642 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ। तर व्यवसायमा लगानी बढाउनुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ। पेसातर्फ प्रशस्त फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रमा नाम र दाम कमाउने बेला छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथ र आकर्षक उपहारले मन उत्साहित हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ। तर आलस्य गर्ने बानीले पछि परिएला। दिउँसोदेखि स्थितमा सुधार आउला। आवश्यक भौतिक साधन जुट्नेछन्। साहसी कामले लाभ दिलाउनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। दिउँसोदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा अलि ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ। अध्ययनमा भने गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। अवसर जुट्नाले नौलो प्रकृतिको काम शुभारम्भ गर्न सकिनेछ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। बोलीको प्रभाव बढ्नेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुनेछ। दिउँसोदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइतर्फ नयाँ ज्ञान प्राप्त हुने योग छ।

२०७८ माघ २१ गते, शुक्रवार, (४ फेब्रुअरी २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज विहीवारको राशिफल भन्छ–आज यी पाँच राशिकाले रहनुपर्नेछ सजग

वि.सं.२०७८ माघ २१ शुक्रवार ०८:१२ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...