back
CTIZAN AD

तपाईको आज सोमवारको राशिफल भन्छ–आज यी ५ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७८ माघ २४ सोमवार

651 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। सरसापटमा खर्चनुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। रकम हातलागी हुनेछ तर ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। आफ्नै रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा छोटो समयमै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नचिताएको क्षेत्रबाट फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समय रमाइलो देखिए पनि हडबडमा गरिएको काम दोहोर्याउनुपर्ला। मनग्य अर्थलाभ भए पनि रकम सञ्चय नहुन सक्छ। भौतिक साधन भने जुटाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
उपलब्धिमूलक समय छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम गर्दै फाइदा उठाउन सकिनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। चिताएका काममा सन्तान वा अनुयायीको साथ, सहयोग जुट्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ हुनेछ। मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यावसायिक काममा मनग्गे लाभ हुनेछ।

२०७८ माघ २४ गते, सोमवार, (७ फेब्रअरी २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज माघ २३ गते आइतवार, हेर्नुहोस् कस्तो छ तपाईको आजको दिन ?

वि.सं.२०७८ माघ २४ सोमवार ०८:०० मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...