back
CTIZAN AD

स्मार्ट च्वाइस र कामना सेवाबीच सम्झौता

वि.सं.२०७८ माघ २५ मंगलवार

696 

shares

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडवीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री नारायण प्रकाशभुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्टच्वाइस र सबै प्रकारका बैंकिङ सेवा सुबिधा पु¥याउदै आएको कामना सेवा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्नजाने आशा लिइएको छ । सो सम्झौता पश्चात स्मार्टच्वाइस र कामना सेवाविकास बैंकवीच एससिटी–युपिटी डेबिट कार्ड, स्मार्ट क्यु आर, एसिटी – एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पोस, इकमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने स्मार्टच्वाइसले जनाएको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार २२:०१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...