२४ माघ, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) २२ दशमलब ११ अकंले घटेर २८१३ दशमलब ४७ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ५१ अकंले घटेर ५२८ दशमलब ९९ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैंया बराबरको ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४५ हजार १ सय १२ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर, नेपाल टेलिकम, नेशनल हाईड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रोपावर, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा लिबर्टी इनर्जी, आरम्भ चौतारी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मैलुङ्ग खोला जलुविद्यृत लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ माघ २६ बुधवार १५:२४ मा प्रकाशित


























