back
CTIZAN AD

बचत गरिएको ८० लाख बढी रकम लिएर बेपत्ता भए सहकारीका अध्यक्ष

वि.सं.२०७८ माघ २९ शनिवार

828 

shares

दमक । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ ।

दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएको खुलासा बाहिरिएको हो ।

उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताए ।

अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ ।

पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको रु २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको रु २१ लख, दमक–५ का राजु गौतमको रु चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको रु आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको रु १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको रु दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको रु दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको रु छ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए । सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पु¥याइदिन अपिल गरेका छन् ।

 

वि.सं.२०७८ माघ २९ शनिवार १७:४१ मा प्रकाशित

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...