कम बौद्धिक सक्षमताको रोकथाम कसरी गर्न सकिन्छ ?
सबै प्रकारका कम बौद्धिक सक्षमताको रोकथाम गर्न सम्भव छैन । तर निम्न कार्यहरुद्वारा कम बौद्धिक सक्षमता भएको व्यक्तिको संख्या घटाउन सकिन्छ :–
क) गर्भवति महिलालाई उचित स्याहार र पोषण प्रदान गरेर ।
ख) तालिम प्राप्त व्यक्तिबाट सुरक्षित ठाउँमा सुत्केरी गराएर ।
ग) बालबालिकालाई आवश्यक खोपहरु प्रदान गरेर ।
घ) चर्को ज्वरो आएको समस्यामा सहि मद्धत गरेर ।
ङ) बच्चालाई चिसो/ठण्डा पारेर ।
च) ज्वरो कम गर्ने औषधी खान दिएर र १२ घण्टा सम्म पनि ज्वरो नघटेमा चिकित्सकको मद्दत लिएर ।
छ) बच्चालाई सन्तुलित आहार खुवाएर ।
के कम बौद्धिक सक्षमताको उपचार गर्न सकिन्छ ? यो निको हुँदै जान्छ वा खराब ? के अन्य समस्याहरु आउन सक्छन् ?
मस्तिष्कमा भएको क्षतिको कुनै उपचार छैन । न त यो क्षति बढ्दै जान्छ । तर, जब बच्चा हुर्कँदै जान्छ, त्यसपछि यो खराब हुँदै जान्छ । यस्ता बच्चाहरु बस्ने, खाने, हिड्ने जस्ता क्रियाकलापहरु ढिलो सिक्दछन् । यी क्रियाकलापहरु गर्न उनीहरुलाई लामो समय लाग्दछ र अन्य बच्चाहरुसँग घुलमिल हुन सक्दैनन् ।
यसको उपचार नभए तापनि व्यक्तिको शीघ्र उन्नतिका लागि मद्दत गर्न सकिन्छ । जति छिटो विशेष मद्दत गर्न सकिन्छ बच्चा उति धेरै आफ्नो सक्षमता वृद्धि गर्दछ । साथै परिवारले कसरी उनीहरुलाई मद्दत गर्ने भन्ने कुरा सिक्न पुग्दछ ।
कम बौद्धिक सक्षमतायुक्त व्यक्तिसँगको सहकार्य/संगतबाट बुझन् सकिन्छ कि उनीहरुको सिकाई प्रक्रियामा ढिलो प्रगति हुन्छ । मुख्य प्राथमिकता परिवारलाई खास गरी परिस्थितिबारे बोध गर्न आवश्यक सहयोग प्रदान गर्न र व्यक्तिलाई कसरी व्यवस्थि तगर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्दछ ।
के अरुलाई सर्दछ ? के यो आमाबाट छोराछोरीमा सर्दछ ?
कम बौद्धिक सक्षमता एक व्यक्तिबाट अरुलाई सर्दैन । नत यो आमाबाबुबाट छोराछोरीलाई नै सर्दछ । डाउन्ज सिन्ड्रोम जस्ता कतिपय किसिमका कम बौद्धिक क्षमता बच्चा गर्भमा हुँदै उनीहरुको प्रारम्भिक विकासको चरणबाटै शुरु हुन्छन् ।
के कम बौद्धिक सक्षमता भएमा व्यक्ति विद्यालय जान, नोकरी गर्न, विवाह गर्न र छोराछोरी जन्माउन सक्छन् ?
यदि अन्य कुनै प्रकारका असक्षमता छ्रैनन् भने कम बौद्धिक सक्षमता भएका बच्चाहरु पनि अन्य बच्चाले जस्तै साधारण विद्यालयमा पढ्न सक्दछन् । उनीहरुलाई एक आपसमा घुलमिल गराउनु अति आवश्यक हुन्छ । त्यस्ता बच्चासँग कसरी मिलेर काम गर्ने भन्ने बारेमा शिक्षक एवम् विद्यार्थीहरुलाई विशेष परामर्शको आवश्यकता पर्दछ ।
यदि बच्चालाई धेरै किसिमका कम सक्षमता भएको छ भने (जस्तै कम बौद्धिक सक्षमता र कम शारीरिक सक्षमता) उनीहरुलाई साधारण विद्यालयमा पढ्नको लागि धेरै मद्दतको आवश्यकता पर्दछ । यदि त्यस्तो गरिएमा उनीहरु अवश्य पढ्न सक्छन् । साधारण विद्यालयमा पनि यस्ता बच्चाहरुका लागि विेशष एकाई खोल्न सकिन्छ । कुनै कुनै केटाकेटीहरुलाई घरमै पढाउन पनि सकिन्छ ।
यदि काम वा नोकरी त्यक्ति असजिलो छैन भने कम बौद्धिक सक्षमता भएका व्यक्ति पनि राम्रोसँग आफूलाई सुम्पिएको कार्य सम्पन्न गर्न सक्छन् । उनीहरुका लागि पुनरावृत्ति गर्नुपर्ने र भौतिक कार्यहरु उपयुक्त हुन्छन् ।
कम बौद्धिक सक्षमता भएका केही मानिसहरुले विवाह गरेका र बच्चा बच्ची जन्माएका छन् । कम बौद्धिक सक्षमताको कारणको आधारमा हेर्दा बच्चा बच्चीमा पनि कम बौद्धिक सक्षमता हुने झिनो खतरा रहेको हुन्छ ।
कम बौद्धिक सक्षमता भएका धेरै जसो व्यक्तिहरु विवाह गर्दैनन् । उनीहरु आफ्नो परिवार र स्थानीय छरछिमेकमा रहेर आफ्नो सम्पूर्ण जीवन बिताउन सक्दछन् ।
डाक्टरले कसरी मद्दत गर्न सक्दछन् ? के विशेषज्ञकहाँ जानु आवश्यक छ ? के उपचार महँगी पर्दछ ? के उपकरण आवश्यक छन् ?
कम बौद्धिक सक्षमताको उपचार गर्न डाक्टरले कुनै औषधी दिन वा शल्यक्रिया गर्न सक्दैनन् ।
यदि यस्ता व्यक्तिहरु बिरामी परेको खण्डमा उनीहरुलाई अन्य व्यक्ति सरह नै उपचार गरिनु पर्दछ । जस्तै ः उनीहरुमा छाती सम्बन्धी समस्या छ भने एष्टिवायोटिक दिन सकिन्छ ।
यदि उनीहरुमा कम बौद्धिक सक्षमताको साथ साथै शारीरिक सक्षमता समेत भएको छ भने त्यस्तो अवस्थामा डाक्टर वा विशेषज्ञले केही परामर्श दिन सक्दछन् । कम बौद्धिक सक्षमताको उपचार प्राय? घरमा नै परिवार र सामुदायिक कार्यकर्ताले गर्ने भएको हुँदा यो त्यत्ति महँगो हुँदैन ।
यदि व्यक्तिमा कम शारीरिक सक्षमता छैन भने उसलाई विशेष साधन वा उपकरणको जरुरत पर्दैन । तर कम शारीरिक सक्षमता भएको खण्डमा अवश्य नै यस्ता साधन उसका लागि सहयोगी हुन्छन् ।
सामुदायिक कार्यकर्ताले कसरी मद्दत गर्न सक्छन् ?
सामुदायिक कार्यकर्ताले निम्न कुराहरु गरेर मद्दत गर्न सक्छन् :–
क) परिवारलाई नैतिक मद्दत दिएर र व्यक्तिको समझदारीमा अभिवृद्धि गरेर ।
ख) व्यक्तिको सिकाइका निम्ति उपयोगी हुने खालका खासगरी व्यक्तिलाई खानेकुरा खाने, कपडा लगाउने, चर्पीको प्रयोग गर्ने जस्ता दैनिक क्रियाकलापहरु गर्न सिकाएर ।
ग) व्यवहारका कारण पैदा भएका सामाजिक समस्याको व्यवस्थापन गर्न उनीहरुलाई मद्दत गरेर ।
घ) परिवार र छरछिमेक वा समुदायम त्यस्ता व्यक्तिलाई समावेश/स्वीकार गर्न प्रोत्साहन गरेर ।
ङ) शिक्षा एवम् कामको अवसर प्राप्त गर्न मद्दत गरेर
च) कम बौद्धिक सक्षमता बारे र त्यस्ता व्यक्तिसँग कसरी प्रतिक्रिया एवम् सञ्चार गर्ने भन्ने बारेमा शिक्षक एवम् समुदायका अन्य सदस्यहरुलाई तालिम प्रदान गरेर ।
परिवारले कसरी मद्दत गर्न सक्छ ?
परिवारले यस प्रकारबाट सहयोग गर्न सक्दछ :–
क) व्यक्तिलाई आफूले गर्न सक्ने कार्यहरु सकेसम्म बढी मात्रामा गर्न प्रोत्साहन दिएर ।
ख) व्यक्तिलाई नयाँ नयाँ कुराहरु सिक्न मद्दत गरेर ।
ग) व्यक्तिलाई परिवार र समुदायमा हुने विभिन्न कार्यक्रमहरुमा समाविष्ट गरेर ।
घ) घरको काममा सघाउने उत्तरदायित्व पुरा गर्न मद्दत गरेर । जस्तै : गाईवस्तुको हेरचाह ।
ङ) नियमित रुपमा क्रियाकलाप गर्न र त्यसमा यथा सम्भव परिवर्तन नगर्न मद्दत गरेर ।
व्यक्तिले आफूलाई कसरी मद्दत गर्न सक्छ ?
कम बौद्धिक सक्षमता भएका व्यक्तिले आफ्नो समस्या बुझ्न नसक्ने हुनाले उनीहरुले आफै कसरी मद्दत गर्न सकिन्छ, भन्नेकुरा थाहा पाउन मुस्किल पर्दछ । त्यसैले परिवारले उनीहरुलाई सहयोग र प्रोत्साहन प्रदान गर्नुका सार्थ विभिन्न कुराहरुबारे स्मरण गराइरहनु पर्दछ ।
समुदायले कसरी मद्दत गर्न सक्छ ?
कम बौद्धिक सक्षमतायुक्त व्यक्तिलाई स्वीकार गर्नु समुदायका लागि एक कठीन कार्य हो । तर कतिपय व्यक्तिलाई कामदारको रुपमा विना कुनै समस्या समुदायमा समावेश गरिएको हुन्छ । यो काम गाउँघरका लागि निकै सहज हुन्छ । सामुदायिक कार्यकर्ताले कम बौद्धिक सक्षमताबारे चेतना फैलाउने एवम् विशेषगरी अरुलाई यो सरेर जाँदैन भन्ने कुरा बताउनु गर्नु पर्दछ । कम बौद्धिक सक्षमताका कारण सृजित व्यवहारजन्य समस्याहरुसँग कसरी जुध्न भन्ने बारेमा छरछिमेकमा बताउनाले पनि निकै मद्दत पुग्दछ । यसबाट परिवार र विद्यालयले गरेका कार्यहरुलाई पुनर्वल प्रदान हुनाको साथै यसबारे अरुलाई पनि जानकारी हुन पुग्दछ । कुनै कुनै ठाउँमा कम बौद्धिक सक्षमता भएका व्यक्तिहरुका लागि क्लबहरु गठन गरिएका हुन्छन् जसले सामाजिक एवम् मनोरन्जनात्मक कार्यहरु गर्ने गर्दछन् । यस्ता क्लवहरुबाट परिवारलाई टेवा पुग्नुको साथै निकै उपयोगी पनि हुन्छन् ।
कृपया अन्य सम्बन्धीत मोड्युलहरु:
डाउन्स सिन्ड्रोम
छारेरोग
अटिज्म
मस्तिष्क पक्षाघात
सञ्चारको समस्या
व्यवहारजन्य समस्याहरुबारे केही जानकारी
कम बौद्धिक सक्षमता भएका धेरै व्यक्तिहरुमा (केटाकेटी एवम् प्रौढहरु) व्यवहारजन्य समस्याहरु रहेका हुन्छन् । परिवारका लागि ती समस्याहरुको व्यवस्थापन गर्न र उसलाई छरछिमेकमा परेका समस्याहरु बारे बुझ्न ज्यादै कठीन हुन्छ ।
व्यवहारमा आएको समस्याको रोकथाम गर्न सम्भव छैन । तर अधिकांश त्यस्ता समस्याहरुलाई कुनै न कुनै रुपमा व्यवस्थित गर्न र तीनमा सुधार गर्न सकिन्छ ।
यी कार्यहरु अवश्य पनि सरल छैनन् । तर यसबाट व्यक्ति र उसको पारिवारिक जीवनमा नाटकीय सुधार आउन सक्दछ । त्यसैले यस्तो गर्नु ज्यादै आवश्यक हुन्छ ।
सम्झनु पर्ने मुख्य कुराहरु हुन् :
चाहे जुनसुकै तरिकाबाट परिवारले व्यक्तिको व्यवहारमा परिवर्तन गर्न चाहेको होस्, परिवारका हेरक व्यक्तिले उसँग हरेक समय उत्तिकै अन्तरक्रिया गरिरहनु पर्दछ ।
यी तारिकाहरु आगन्तुक, शिक्षक एवम् अन्य व्यक्तिहरुलाई जो त्यस्ता बच्चाको सम्पर्कमा आउँछन्, उनीहरुलाई पनि सिकाउनु पर्दछ ।
अवाञ्छित व्यवहार किन भइरहेको छ भन्नेबारे विश्लेषण गर्नु ज्यादै महत्वपूर्ण हुन्छ । धेरैजसो खराब व्यवहारलाई दण्डित गर्नु नभै असल व्यवहारलाई पुरस्कृत गर्नु हो ।
व्यवहार परिवर्तनका लागि निकै लामो समय लाग्दछ र साथै पर्याप्त धैर्यता पनि । तर प्रयासका बाबजुद् पनि सुधार निकै कम हुन सक्दछ ।
(उल्लेखित जानकारी ह्याण्डीक्याप ईण्टरनेशनलद्वारा प्रकाशित पुस्तिकाबाट लिइएको हो ।)
वि.सं.२०७८ फागुन १ आइतवार १४:५५ मा प्रकाशित






























