काठमाडौं । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य महाशाखाले कोभिड–१९ विरुद्धको खोप अभियान कार्यक्रमबारे सूचना जारी गरेको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको व्यवस्थापनमा कोभिड–१९ विरुद्धको अष्ट्राजेनिका, कोभिसिल्ड र भेरोसेल खोपको दुवै मात्रा लगाएकाहरुका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउने कार्यक्रम रहेकोले अनिवार्यरुपमा खोप कार्ड लिएर उपस्थित हुन अनुरोध गरिएको छ ।
वि.सं.२०७८ फागुन २ सोमवार १४:०१ मा प्रकाशित






























