back
CTIZAN AD

´हाँस्यव्यंग्य लघुकथा: भ्यालेन्टाइन डे !

वि.सं.२०७८ फागुन २ सोमवार

603 

shares

दुई प्रेमिल जोडी नगरकोटमा रमाइलो गर्दै घुम्दै थिए । मोबाईलको घण्टी बज्छ । झोलाबाट मोबाइल झिकेर हेर्दै युवतीले भन्छिन् – ‘छ्या !

घरबाट फोन गर्यो ।’ प्रेमीलाई एकछिन बस्न आग्रह गर्दै, अलि पर गएर कल रिसिभ गर्छिन् । उताबाट आवाज सुनिन्छ – ‘हाई डार्लिङ ।’

‘हाई ! सुधिर ।’

‘कता छौं तिमी ? आज भ्यालेन्टाइन डे हो । ह्वाइट गुम्बा घुम्न जाउँ न ।’

‘म अहिले कोरोना पोजिटिभ छु डियर ।’

‘अहो ! गेट विल सुन डियर ।’

‘थैंक यु डियर ।’ भन्दै फोन राख्छिन् ।

प्रेमी प्रेमिका दुबै नगरकोटको प्राकृतिक मनोहर दृश्य हेरेर रमाउन थाल्छन् । फेरि फेरि युवतीको मोबाइलको रिङ बज्छ । मोबाइल झिकेर हेर्छ –‘फेरि घरबाट फोन आयो । एकछिन है ।’–भन्दै अलि टाढा गएर कुरागर्न थाल्छ । ‘हाई ! अन्जन हाउ आर यु ?’

‘आई एम वेल । हैपी भ्यालेन्टाइन डे डार्लिङ ?’

‘थैंक यु माई हार्ट । बट आई एम कोराना पोजिटिभ ।’

‘अहो ! सेड न्युज । गेट विल सुन डार्लिङ ।’

‘थैंक यु अन्जन ।’ भन्दै संवाद काट्छ ।

फेरि दुबै प्रेमिल कुरा गर्दै गर्छन् । मोबाइल झिकेर हेर्छ । सुमनको नम्बर देख्छ । कति घरबाट फोन गरेको भन्दै दिक्क मानेको अभिनयगर्दै मोबाइलको स्विच अफ गर्छ ।

प्रेमीसंग भ्यालेन्टाइन डे मनाएर भरे घर फर्किन्छ । मोबाइल खोलेर हेर्छ । सन्दिप, किशोर र विवेकले पठाएको मेसेज देख्छ । सबैलाई ‘सरि डियर ! आई एम कोरोना पोजिटिभ ।’ मेसेज रिप्ले गर्छ ।

अनुराग अरुण, ललितपुर

वि.सं.२०७८ फागुन २ सोमवार १४:०९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...