back
CTIZAN AD

‘म त अम्पाएर मात्रै हुँ’ भन्ने सभामुखले अडान नछाडेपछि…

वि.सं.२०७८ फागुन ४ बुधवार

660 

shares

काठमाडौं । एमसीसीको विषय पुनः अन्योलमा परेका छ । दलहरुबीच सहमति हुन नसकेसँगै एमसीसीको विषय अन्योलमा परेको हो ।

बुधबारको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी गरिएको भएपनि अन्तिम समय एमसीसी बैठकको कार्यसूचीमा परेन । माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानलाई हेर्दै सभामुखले संसद बैठकको कार्यसूचीमा समेट्न नसक्ने निर्णय सुनाएका थिए । संसद बैठक अघि बसेको कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएपनि सभामुखले सहमति नजुटेको भन्दै कार्यसूचीमा समेट्न नसक्ने निर्णय सुनाएका थिए ।

यसअघि संसद बैठकको सम्भावित कार्यसूचीमा पनि सभामुख सापकोटाले एमसीसीलाई पारेका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेको भएपनि उनले सहमति नगरी अगाडि नबढाउने भन्दै सम्भावित कार्यसूचीमा समेटेका थिएनन् ।

कार्यव्यवस्था समितिको बैठकले कार्यसूचीबारे निर्णय गर्ने भएपनि सभामुखको भूमिका कार्यसूची तय गर्ने विषयमा महत्वपूर्णं रहन्छ । कार्यसूची तय गर्ने अन्तिम निर्णय सभामुखको हातमा हुन्छ ।

तर, अम्पाएर मात्रै हुँ भनेका थिए सभामुखले

एमसीसी र संसद अवरोध हटाउने विषयमा सोमबार बसेको सर्वदलीय बैठक पछि पत्रकारसँगको कुराकानीमा सभामुख अग्निप्रसाद सापकोटाले आफु एमसीसीको विषयमा निर्णायक नभएको बताएका थिए । उनले दलहरुले जे सहमति गर्छन् आफुँले सहयोग मात्रै गर्ने बताएका थिए ।

“मैंले सबैका कुरा गम्भीर रुपले सुनेको छु, किनभने म अहिले वर्तमान सभामुखको हैसियतले स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ र मैंले विशेष रुपले जोड दिएको कुरा संसद सूचारु हुनुपर्छ, म त ‘अम्पायर’ मात्रै न हो, निर्णायक भूमिका त दल कै हुन्छ”, उनले भनेका थिए ।

तर, सभामुख सापकोटाले एमसीसीको विषयमा दलहरुबीच सहमति नभइ टेबल नगर्ने अडान राखिरहेका छन् । उनले माओवादी केन्द्र र एकीकृत समाजवादीको निर्णयअनुसार उक्त अडान राखेका हुन् ।

बुधबार संसद बैठकअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी यथास्थितिमा टेबल गर्न नहुने र गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादी केन्द्रको निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि तत्काल एमसीसी अगाडि बढाउने विषयमा लचक देखिएका थिए ।

यसअघि देउवाले एमसीसीकै कारण गठबन्धन भत्के पनि स्वीकार्य हुने भन्दै एमसीसी अगाडि बढाउन लागि परेका थिए । उनले मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकबाटै फोन गरेर सभामुखलाई एमसीसीलाई संसद बैठकको कार्यसूचीमा समेट्न आग्रह गरेका थिए ।

वि.सं.२०७८ फागुन ४ बुधवार १४:०० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...