back
CTIZAN AD

संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

वि.सं.२०७८ फागुन ४ बुधवार

1.6K 

shares

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठक शोक प्रस्ताव पारित गर्दै शुक्रबार सम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन २०७७\०७८ पेश गरेका थिए ।

त्यस्तै बैठकले संविधान सभा तथा राष्ट्रियसभा सदस्य जगत बहादुर ताज पुरिया, लक्ष्मीदास मानन्धर र डा. दुमनसिंह थापाको निधनमा शोक प्रस्ताव पारित समेत गरेको छ ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा पनि नाराजुलुश गरेर बैठक अवरुद्ध गरेको थियो ।

बैठकमा सभामुख अग्नि सापकोटाले संसद सुचारु गरेर छलफल र संवादमा आउन आग्रह समेत गरेका थिए ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेवुल गर्ने बताइए पनि शोक प्रस्ताव पारित गर्दै शुक्रवार सम्मका लागि बैठक स्थगीत गरिएको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १३:५४ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...