back
CTIZAN AD

एमसीसीमा अमेरिकाले दिएको दबाबप्रति चीनको विरोध, भन्यो – हामी प्रतिरोध गर्छौं

वि.सं.२०७८ फागुन ६ शुक्रवार

1.1K 

shares

काठमाडौं । अमेरिकाले एमसीसी पारित गर्नका लागि नेपाललाई दिएको दबाबप्रति चीनले विरोध जनाएको छ । शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको परराष्ट्र मन्त्रालयले अमेरिकाको विरोध जनाएको हो ।

उसले अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ सुरु गरेको आरोप लगाएको छ । “अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ”, शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवत्ता वाङ् वन पिनले भने, “अमेरिकी शैलीको चीनले प्रतिरोध गर्नेछ।”

चीनले नेपालमा गैरराजनीतिक स्वार्थमा सहयोग गर्न पाइने पनि बताएको छ । प्रवत्ता वाङ् वन पिनले भने, “चीनले नेपाललाई सहयोग गर्न, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायको कदमलाई स्वागत गर्छ। तर, यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ ।”

अमेरिकाले नेपालमा एमसीसी पारित गर्न फेब्रुअरी २८ सम्मको समयसीमा ताकेको छ । समयसीमा भित्र एमसीसी पारित नभए कुटनीतिक सम्बन्धमै पुनर्विचार गर्ने अमेरिकाको धम्की छ । अमेरिकाले एमसीसी पारितका निम्ति दिएको धम्कीमा चीनले पहिलो पटक मुख खोलेको हो ।

यसअघि आज मात्रै एमसीसीको विरुद्धमा भइरहेको जनप्रदर्शनप्रति अमेरिकाले विरोध जनाएको थियो । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका कुराहरु आफुँहरुलाई अस्वीकार्य हुने चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

एमसीसीको विरुद्वमा भइरहेको प्रदर्शनप्रति अमेरिकाको विरोध, भन्यो– हिंसा भड्काउने कुरा स्वीकार्य छैन

वि.सं.२०७८ फागुन ६ शुक्रवार १७:४६ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...