back
CTIZAN AD

पुटिनले युक्रेनमा आक्रमण गर्नेमा आफु विश्वस्त रहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई

वि.सं.२०७८ फागुन ७ शनिवार

756 

shares

वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।

रुस–युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो घटनाक्रमको बारेमा बोल्दै बाइडेनले भने “यस क्षणसम्म, म विश्वस्त छु कि पुटिनले आक्रमणको निर्णय गरेका छन्।“

गत महिनामा भएको ब्रिफिङमा राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनको युक्रेनका विषयमा लिइने निर्णय लगभग सबैको लागि रहस्यमय थियो यति सम्म कि शीर्ष रूसी सल्लाहकारहरू पनि उनको मनसायको बारेमा अन्योलमै भएको सङ्केत मिल्थ्यो।

तर शुक्रबारका टिप्पणीहरूले राष्ट्रपतिको दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन आएको र उनका समकक्षीको योजनाहरूमा अझ बढी निश्चित रहेको सङ्केत मिलेको बताएका छन् ।

राष्ट्रपति बाइडेनले पुटिनले आक्रमणको साथ अगाडि बढ्ने संकल्प गरेको लगभग निश्चित भएको बताए ।

“रुसी सेनाले आगामी दिनमा युक्रेनमा आक्रमण गर्ने योजना बनाएको छ। हामी विश्वास गर्छौं कि उनीहरूले युक्रेनको राजधानी किभलाई लक्षित गर्नेछन्,“ बाइडेनले थप टिप्पणी गरे । रासस–एएनआई

वि.सं.२०७८ फागुन ७ शनिवार १६:५२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...