back
CTIZAN AD

एमसीसी टेबुल गर्ने नेताहरुको निर्णयप्रति नेता नारायणकाजीको विरोध

वि.सं.२०७८ फागुन ८ आइतवार

687 

shares

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको एमसीसी सम्झौता टेवुल गर्ने निर्णयप्रति विरोध जनाएका छन् ।

नेता श्रेष्ठले मुलुकको राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि यतिबेला गम्भीर चुनौती र संकट उत्पन्न भएको भन्दै यसको रक्षाका लागि देशभक्त शक्तिहरु एकजुट हुन आव्हान समेत गरेका छन् ।

आइतवार बिहान बसेको सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेपछि नेता श्रेष्ठले सामाजिक संजालमार्फत् यस्तो अभिव्यक्ति दिएका हु्न् ।

‘ हाम्रा पुर्खाहरुले संसारमा साम्राज्यवाद र उपनिवेशवादको जगजगी भएको र हाम्रा सबैजसो छिमेकीहरु उपनिवेश बनेको अवस्थामा पनि हाम्रो भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्नुभयो । त्यसैले आज हामी कहिले कसैको प्रत्यक्ष उपनिवेश नबनेको सार्वभौमसत्तासम्पन्न मुलुकको जनता हुन पाएकोमा गौरवान्वित अवस्थामा छौं,’ उनले लेखेका छन् ‘तर हाम्रो राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता माथि यतिबेला गम्भीर चुनौति र संकट उत्पन्न भएको छ ।सम्पुर्ण देशभक्त शक्तिहरु एक्जुट होऔं र राष्ट्रिय सार्भौमिकता ,स्वाधीनता र हितको रक्षा गरौं ।’

 

वि.सं.२०७८ फागुन ८ आइतवार १२:२१ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...