back
CTIZAN AD

नेपालमा आज थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

वि.सं.२०७८ फागुन ९ सोमवार

969 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशैभरी गरिएको ८ हजार १४० नमुना परीक्षणमा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज थपिएका २६२ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७५ हजार ९४७ पुगेको छ । कूल संक्रमित मध्ये आज निको भएका १२०८ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

हाल नेपालमा ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १० हजार ८१९ जना होम आइसोलेशन र ४६३ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै १३९ जनाको आइसीयु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या केही बढेको छ ।

नेपालमा थप ८ लाख ७३ हजार ४३८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३ करोड ७७ लाख ५५ हजार ४२७ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

उक्त खोपको पहिलोमात्रा लगाउनेको संख्या १ करोड ८३ लाख ६५ हजार ६५२ र पूर्णमात्रा लगाउनेको संख्या १ करोड ८४ लाख ९७ हजार ६८९ रहेको छ । साथै ९ लाख ६ हजार ५३३ जनाले अतिरिक्त मात्राको खोप लगाएका छन् ।

 

वि.सं.२०७८ फागुन ९ सोमवार १६:३९ मा प्रकाशित

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...