back
CTIZAN AD

लोकसेवा आयोगको परीक्षा स्थगित

वि.सं.२०७८ फागुन १० मंगलवार

756 

shares

कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ । आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो ।

आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोग लिने सबै पदको लिखित परीक्षा स्थगन गरिएको बताए । कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक–प्राविधिक पाँचौँ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

वि.सं.२०७८ फागुन १० मंगलवार १२:४१ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...