back
CTIZAN AD

यूक्रेन संकट : पछिल्ला केही घण्टामा के–के भयो ? (अपडेट)

वि.सं.२०७८ फागुन १० मंगलवार

909 

shares

काठमाडौं । केही सातादेखि जारी यूक्रेन संकटमा नयाँ मोड आएको छ । पछिल्लो केही घण्टामा, विश्व स्तरमा धेरै महत्त्वपूर्ण परिवर्तनहरू सामने आएका छन्। पछिल्लो केही घण्टामा यूक्रेनको विषयलाई लिएर विश्व राजनीतिमा देखिएको घटनाक्रमलाई यहाँ उल्लेख गरिएको छ ।

– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विद्रोही पक्षको नियन्त्रणमा रहेको यूक्रेनको दुई क्षेत्रलाई मान्यता दिएका छन् ।

– पुटिनले घोषणा गरेको लुहान्स्क र डोनेट्स्कमा रुसी सेनाले शान्ति कायम राख्न काम गर्ने छ । जसको लागि रुसी सेना दुई शहरमा पुग्दैछन् ।

– यस घोषणालाई ध्यानमा राख्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ ।

– संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले रुस कूटनीतिक समाधानका लागि तयार रहेको बताएका छन् । तर यूक्रेनमाथि तनाव बढेको पुटिनको आरोप दोहोर्‍याए। यूक्रेनले यसलाई अस्वीकार गर्दै आएको छ ।

– पुटिनले सोमबार गरेको घोषणाले सम्भावित सैन्य कारबाहीको जग बसाएको विज्ञहरू बताउँछन्।

– रुसका राष्ट्रपतिले यूक्रेनको वास्तविक राष्ट्रको इतिहास नभएको र आधुनिक यूक्रेन रुसले बनाएको दाबी गरेका छन् ।

– पुटिनले यूक्रेनको निन्दा गर्दै त्यहाँ कठपुतली शासन रहेको र यूक्रेन अमेरिकी उपनिवेश बनेको बताएका छन् ।

– यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको कदमले यूक्रेनको अखण्डता र सार्वभौमसत्ता हनन् भएको बताएका छन् । उनले आफुँहरुले रुसविरुद्व प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

– यसैबीच अमेरिकाले मंगलबार रुसमाथि थप कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

सम्बन्धित समाचार

युक्रेन संकट चुलियो, विद्रोही नियन्त्रित क्षेत्रमा पुटिनले पठाए सेना

पुटिनको घोषणापछि पूर्वी युक्रेनतिर लाग्यो रुसी सेना

पुटिनले पहिलो चरणमै किन रोजे पूर्वी यूक्रेनको दुई शहर ?

वि.सं.२०७८ फागुन १० मंगलवार १४:०७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...