back
CTIZAN AD

पुटिनको घोषणापछि पूर्वी युक्रेनतिर लाग्यो रुसी सेना

वि.सं.२०७८ फागुन १० मंगलवार

897 

shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणासँगै रुसी सेना पूर्वी युक्रेनतर्फ लागेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार रुसी सेना बख्तरबन्द ट्याङ्कहरूसहित युक्रेनको डोनेट्स्कतर्फ लागेका हुन् ।

मंगलबार स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राज्य मान्दै पुटिनले आफ्ना सेनालाई उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि जान आदेश गरेका थिए ।

अहिले युक्रेनको विषयलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक जारी छ । बेलायतले कोबरा संगठनको बैठक बोलाएको छ ।

गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी

यूक्रेनको पूर्वी क्षेत्रमा रुसले सेना पठाएको विषयमा अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकाले रुसी कदमको आलोचना गर्दै गम्भीर परिणाम भोग्न तयार हुन चेतावनी दिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसको पछिल्लो कदमलाई लज्जास्पद र पूर्वनियोजित भनेका छन् । “रुसको यो कदम लज्जास्पद र पूर्व नियोजित छ। रुसको यो कदमको हामी घोर निन्दा गर्दछौं ।”

उनले रुसलाई पृथकतावादी क्षेत्रहरूलाई समर्थन गरेको आरोप लगाएका छन् र आफूले यसलाई पर्दा पछाडि नियन्त्रण गरिरहेको बताएका छन्।

सम्बन्धित समाचार

युक्रेन संकट चुलियो, विद्रोही नियन्त्रित क्षेत्रमा पुटिनले पठाए सेना

वि.सं.२०७८ फागुन १० मंगलवार १२:५९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...